परिचय -
महिलाहरुमा देखिने डिम्बाशयको सिस्ट धेरैमा देखिने साझा समस्या हो । कतिपयमा यो सामान्य रुपमा देखिन्छ भने कतिपयमा यो जटिल रुपमा समेत देखिन्छ ।
अण्डाशयमा पलाउने फोकालाई ओभरियन 'सिस्ट ' भन्ने गरिन्छ । इन्डोमेट्रोनिक सिस्ट भन्नाले पाठेघरको भित्री भागमा हुने कोष जुन डिम्बाशयमा पनि पाइन्छ । केही माहिलामा महिनावारीको समयमा त्यहाँ पनि रक्तस्राव हुनसक्छ र उक्त रगत जम्मा भएर नै सिस्ट बन्छ ।यदि महिलाको उमेर ४० वर्षभन्दा पनि बढी छ भने त्यस्तो सिस्ट क्यान्सर हुने सम्भावना प्रबल रहन्छ । कुनै सिस्ट क्यान्सर हुने प्रकृतिको हुन्छन् ।
ओभरियन सिस्ट भन्नाले महिलाहरूको डिम्बाशयमा तरल पदार्थ भरिएको पानी फोका देखापर्ने समस्या हो । यो समस्या भएका प्रायजसो महिलाहरूमा कुनै पनि लक्षणहरू नदेखिन पनि सक्छ।
सिस्टको प्रकृतिअनुसार यसको उपचार विधि तय गरिन्छ । यदि सिस्ट सानो खालको छ भने यसलाई कुनै उपचारको जरुरी हुँदैन । यो आफैँ सुकेर जान्छ । ठूला सिस्टको उपचार भनेको शल्यक्रियाबाट नै हुन्छ । यसको लागि विभिन्न प्रविधिहरु हुन्छन् । जुनसुकै विधिबाट भए पनि शल्यक्रिया गरेर ठूलो सिस्ट हटाउन सकिन्छ ।
कुन अवस्थाको सिस्ट जोखिमपूर्ण ?
पाठेघरमा हुने दुईवटा नली जसलाई हामी डिम्बाशय भन्छौं । डिम्बाशयमा धेरै प्रकारका फोका अर्थात् ‘सिस्ट’ हुन सक्छन् । ‘सिस्ट’ एक प्रकारको झिल्लीदार थैली हो जसमा तरल पदार्थ रहेको हुन्छ । सामान्यतया महिलाको पाठेघरमा महिनामा एउटा अन्डा ठूलो हुने क्रममा फुट्छ । कहिलेकाहीँ त्यो अण्डा नफुटी बस्न सक्छ । त्यस्तोलाई ‘फलिकुलर सिस्ट’ अर्थात् सामान्य ‘सिस्ट’ मानिन्छ ।
सिस्ट’ सानो छ भने यसबाट डराउनु पर्दैन । यो आफै हराएर जान्छ । तर यदि यो ‘सिस्ट’ ६.७ सेन्टीमिटरभन्दा ठूलो छ भनेचाहिँ यसले समस्या निम्त्याउन सक्छ । त्यसैले यसको समयमै उपचार गराउनु पर्छ । साना आकारका ‘सिस्ट’लाई चिकित्सकहरुले औषधि दिएर निको पार्न सक्छन् । यो आफै निको पनि हुन्छ ।
लक्षणहरु
सिस्ट सानो भएमा त्यसले खासै समस्या हुँदैन । ठुलो भएमा तल्लो पेट दुख्ने वा ढाडको तल्लो भाग दुख्ने, महिनावारी गडबडी हुने, खान रुची नहुनेजस्ता लक्षण देखिन्छ । कलिलो उमेरमा पेट दुख्ने, पेट फुल्ने, खान रुची नहुने समस्या देखिएमा ‘सिस्ट’को कारण पनि हुन सक्छ ।
साथै महिनावारी सुकिसकेका महिलामा पनि ‘सिस्ट’को समस्या हुनसक्छ । त्यसैले पेट दुख्यो वा माथिका जस्ता समस्या देखिएको छ भने एकपटक भिडियो एक्स–रे गरेर हेर्दा राम्रो हुन्छ । कहिलेकाहीँ पेट दुखेको भन्दै यतिकै बस्दा क्यान्सर भइसकेको पाइन्छ ।
उपचार कसरी गरिन्छ ?
‘सिस्ट’को प्रकृति अनुसार यसको उपचार गरिन्छ । यदि ‘सिस्ट’ सानो र सामान्य खालको छ भने यसलाई कुनै उपचारको जरुरी हुँदैन । यो आफै फुटेर जान्छ वा सामान्य गर्भ निरोधक औषधि खान दिएर पनि निको पार्न सकिन्छ । सामान्य भए पनि कस्तो खालको हो भनी परीक्षण भने गराइराख्नुपर्छ । तर, ‘सिस्ट’ धेरै ठूलो छ भने यदि धेरै ठूलो छ र असामान्य अवस्थाको छ भने समयमै शल्यक्रिया गरी निकाल्नुपर्छ ।
ओभरियन सिस्ट प्राय क्यान्सर नहुने प्रकृतिका हुन्छन् ।यस्ता सिस्ट प्राय ओभरीमा मात्रै रहन्छन् ।साथै यस्तो प्रकृतिको सिस्ट कुनै पनि लक्षण नदेखाउन पनि सक्छ ।
सिस्ट कसरी बन्छ ?
महिलाहरुको ओभरिमा दुई प्रकारको टिस्यू हुने गर्छ । सबै प्रकारको टिस्यू सिस्टका रुपमा परिवर्तन हुन्छ । जस्तै इपिथिलेयल सिस्ट ,डरमोइड ।यदि सिस्टको आकार बढ्दै गएको खण्डमा त्यसले पीडा दिने गर्छ । आकार बढ्दै जाँदा यसले क्यान्सरको सम्भावना पनि बढ्छ । अल्ट्रासाउन्ड ,सिटी स्क्यान, एम.आर.आई तथा रगत परीक्षण जस्ता परीक्षणको सहायतले उक्त सिस्ट क्यान्सर हुने प्रकृतिको हो वा होइन भनी पहिचान गरिन्छ । ठूलो आकारको सिस्टलाई शल्यक्रिया तथा ल्याप्रोस्कोपीद्वारा हटाइन्छ ।