काठमाडौं - आज अगस्ट १ विश्व स्तनपान सप्ताह देशभरी विभिन्न कार्यक्रम गरेर मनाईदै गर्दा नेपालमा पनि "आमाबाबुको सक्षमताः स्तनपानको सफलता" भन्ने नाराका साथ यो दिवस मनाईदै छ । कुनै पनि महिलाका लागि सबैभन्दा सुखिको क्षण भनेकै उनि आमा बन्दाको हो । यो अवस्थालाई एक बिशेष अवस्था मानिन्छ ।
त्यसै गरि बच्चा जन्मिसकेपछि पनि आमा तथा शिशुलाई त्यतिकै ख्याल गर्नु पर्छ । गर्भधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन्न थालेको हुन्छ । पहिलो बिगौते दूध बच्चाको लागि अमृत समान हुन्छ, त्यसले बच्चालाई धेरै रोगहरूबाट लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ ।
स्तनपान गराउदा शिशु स्वस्थ हुने एउटा पाटो त छदै छ भने , आमा र शिशु बिच भावनात्मक हिसाबले उतिकै घनिष्टता हुने गर्छ ।
२५ वर्षिया सरीता शाही जो आज भन्दा ५ बर्ष अगाडी आमा बनिसक्नु भएको थियो उहाँ आफ्नो पहिलो सन्तानलाई स्तनपान गराउदाको अनुभब यसरी हामीलाई सुनाउनु हुन्छ, 'हरेक महिलाका लागि आमा बन्नु संसारको त्यो खुसि हो जुन खुसिलाई कहिल्य व्यक्त गर्न सकिदै भने स्तनपान गराउनु पनि त्यतिकै सुखदय पलनै मानिने रैछ , मैले आफ्नो बच्चालाई पहिलो पटक स्तनपान गराउदा ती लाजहरु सबै बिर्सिए जुन स्तनलाई हामीले पहिले लुकाएर राखिन्थ्यो तर जब आफु आमा बनिन्छ तब सबै लाजहरु हराउदो रैछ ।', 'स्तनपान गराउदै गर्दा आफ्नो बच्चा सँग अनगिन्ती सपनाहरु बुनिरहेको हुन्थ्ये , स्तनपानले एउटा गहिरो प्रेममा विलिप्त बनाउने रैछ आफ्नो सन्तान सँग यस कारण हरेक महिलाले स्तनपान गराउन त्यतिकै महत्वपूर्ण मानिन्छ ।'
स्तनपानको गराउँदाका फाइदा
आमाको दूध मात्रै पोषणको लागि नभएर जीवनको धारा हो । यसले आमा र बच्चाहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ । शिशुलाई जन्मेको छ महिना सम्म मात्र स्तनपानमा नै निर्भर राख्नुपर्छ ।
यो शिशुको जीवनको लागि जरूरी छ, किनकी आमाको दूध सुपाच्य हुन्छ र यसले पेटको गडबडीको पनि डर हुँदैन ।
आमाको दूध शिशुको प्रतिरोधक क्षमता बढाउनमा पनि सहायक हुन्छ । स्तनपानले दम र कानको रोगमा नियन्त्रण कायम हुन्छ, किनकी आमाको दूध शिशुको नाक र घाँटीमा प्रतिरोधी छाला बनाइदिन्छ ।
केही शिशुलाई गाईको दूधले एलर्जी हुने सम्भावना हुन्छ । यसको विपरीत आमाको दूध शत(प्रतिशत सुरक्षित छ । अनुसन्धानबाट प्रमाणित भएको छ कि स्तनपान गर्ने बच्चाहरू त्यस पछि अन्न खुवाउँदा पनि असुहाउँदो मोटो हुँदैनन् ।
यो शायद यस कारण बाट हुन्छ कि तिनीहरूलाई शुरू देखि नै आवश्यकता भन्दा अधिक खानाको बानी पर्दैन ।
स्तनपानबाट जीवनका पछिको चरणहरूमा रक्त क्यान्सर, मधुमेह र उच्च रक्तचापको खतरा कम हुन्छ ।
स्तनपानले शिशुको बौद्धिक क्षमता पनि बृद्धि हुन्छ । यसको कारण यो हो कि स्तनपान गराउने आमा र उनको शिशुको बीच भावनात्मक सम्बन्ध धेरै मजबुत हुन्छ । यस वाहेक आमाको दूधमा धेरै प्रकारको प्राकृतिक रसायन पनि हुन्छन् ।
बच्चालाई स्वस्थ र तन्दुरुस्त पार्ने सबभन्दा उत्तम आहार आमाको दूध हो ।
स्तनपानले सुत्केरी भैसकेपछि रगत जाने प्रक्रियालाई रोक्छ ।
स्तनपानले बच्चालाई मधुमेह, क्यान्सर, पखाला र निमोनियाजस्ता बिमार र संक्रमणबाट बचाउँछ ।
दूधबाट आमाको रोग प्रतिरोधात्मक शक्ति बच्चामा सर्छ ।
स्तनपानले आमालाई क्यान्सर र हड्डी कमजोर (ओस्टेओपोरोसिस् हुने रोगबाट जोगाउँछ) ।
आमाको दूध जहिले पनि बच्चाका लागि सफा, तयार र सही तापक्रममा रहेको हुन्छ ।
स्तनपानले आमा र बच्चा दुवैलाई आत्मीय र सुरक्षित भएको अनुभूति दिन्छ ।
कतिपय महिलालाई स्तनपानले चाँडै गर्भवती हुनबाट बचाउँछ ।
स्तनपान गराउन खर्च लाग्दैन ।
स्तनपान गराउने आमाले के-के खाने
आमाले सुत्केरीबाट उठ्न, बच्चाको राम्रो हेरचार गर्न र तिनले गर्नुपर्ने कामहरू गर्नका लागि राम्ररी खानुपर्छ । उनीहरूलाई प्रोटिन तथा चिल्लो पदार्थयुक्त खानाका साथै प्रशस्त सागसब्जी र फलफूलको आवश्यकता पर्छ । उनीहरूलाई सफा पानी, दूध, ज्वानोको झोल, सुप र जुसजस्ता तरल पदार्थ पनि प्रशस्त चाहिन्छ । यी विभिन्न आहारले आमाको शरीर बनाइरहेको हुन्छ ।
स्तनपान गराउन पैसा खर्च हुँदैन । यदि सम्भव हुन्छ भने त्यो बचेको पैसाले आमाले आफ्नो आहारमा सुधार गर्नुपर्छ । अतिरिक्त प्रोटिनका लागि सिमी, बीउ हुने फल, अन्डा, दूध, दही, चीज, माछामासु आदि खानुपर्छ ।
केही मान्छेहरू सुत्केरीले खास-खास प्रकारका खानाहरू खानु नहुने र वच्चाले पहिलो दुध खानु हुँदैन भन्छन् तर उनीहरूले सन्तुलित खाना पाएनन् भने उनीहरू कुपोषण, रक्तअल्पता र अन्य रोगका हुन्छन् ।
कुनैकुनै बेला स्तनपान गराउने आमालाई विशेष भोजन दिइन्छ । खास पोषणयुक्त छ भने यस चलनलाई राम्रो मान्नुपर्छ । असल आहारले सुत्केरी भएपछिको शरीरलाई चाँडै तङ्गग्राउँछ ।