एजेन्सी । मानिसहरूलाई कतिपय अवस्थामा खाना खाएपछि पेट दुख्न थाल्छ।
धेरै खाना खाएपछि कहिलेकाहीँ पेट दुख्नु सामान्य कुरा हो । दैनिकजसो खाना खाएपछि पेट दुख्न थालेमा यो चिन्ताको विषय बन्छ । गम्भीर र बारम्बार पेट दुखाइ स्वास्थ्यमा समस्या भएको सङ्केत हुनसक्छ र समस्या पत्ता लगाउन जाँच गराउनु आवश्यक हुन सक्छ । खाना खाएपछि पेट दुख्ने पाँच कारण यस्ता छन्ः
धेरै खानुः खाना खाएपछि पेट दुख्नुको सबैभन्दा सामान्य कारण भनेको धेरै खानु हो । पेटमा अट्नेभन्दा धेरै खाना खानाले पेट दुख्न थाल्छ तथा असुविधा हुन थाल्छ ।
छिटोछिटो खानुः धेरै छिटो खानु पनि पेट दुख्ने कारण हुन सक्छ । खाना धेरै छिटो निल्दा खानासँग अतिरिक्त हावा पनि निलिन्छ । जब धेरै हावा पेटमा पुग्छ, यसले ब्लोटिङ ९पेट फुल्ने समस्या० र ग्यास निम्त्याउँछ । यसले शरीरलाई पोषक तत्वहरू अवशोषित गर्नबाट पनि रोक्छ ।
अपचः कफी, रक्सी, मसालेदार र साइट्रिक खानाको अत्यधिक सेवनले अपच हुन सक्छ । शरीरलाई यस्ता खानाहरू पचाउन र ग्लुकोजमा परिणत गर्न गाह्रो हुनसक्छ । जसकारण खाएपछि पेट फुलिएको जस्तो हुने, वाकवाकी हुने। पेट दुख्ने हुनसक्छ ।
पित्तथैलीको पत्थरीः पित्तथैली वा नलीमा बनेको सानो, कडा, क्रिस्टललाई पित्तथैलीको पत्थरी भनिन्छ । पित्तमा अत्यधिक कोलेस्ट्रोल, पित्तथैलीको काममा बाधा पुगेमा वा अन्य कारणले गर्दा पित्त थैली वा नलिमा क्रिस्टलहरू जम्मा हुन थाल्छ । पत्थरी हुँदा खाना खाएपछि पेट दुखाइ हुन सक्छ, विशेषगरी यदि बढी बोसो भएको खाना खाँदा दुखाइ बढ्छ ।
फुड इन्टोलरेन्सः खाना खाएपछि पेट दुख्ने, झाडापखाला र बान्ता हुने फुड इन्टोलरेन्सका लक्षणहरू हुन् । फुड इन्टोलरेन्स हुँदा शरीरले खानाबाट केही सामग्रीहरू पचाउन सक्दैन । केही खानेकुरा खाँदा शरीरमा प्रतिक्रिया उत्पन्न हुन्छ, जसले पेटसम्बन्धी विभिन्न समस्याहरू निम्त्याउँछ ।