काठमाडौं । मानिसहरुमा देखिने जन्माजात अपांगता भन्नाले शरिरीक अंगहरुको बनावटमा देखिने अपागंता शरीरिक अंगहरुले सम्पादन गर्नु पर्ने भौतिक कार्यमा हुने असमर्थता र शरीरलाई आवश्यक पर्ने खाद्यतत्व, पोषण तत्व उत्पादन र विकार युक्त तत्वहरुको विकर्षण गर्न नसक्नु हो ।
जन्मजात देखिने अपांगता
जन्मजात ठुलो टाउको हुने
यो अवस्थामा टाउकोको आकार असामान्य हिसाबले ठुलो हुने र यस्तो अवस्थामा बच्चाले टाउको सिधा गर्न सक्दैन् उनिहरुको टाउकोमा पानी जमेको कारणले यस्तो हुन्छ ।
टाउको भित्र जमेको पानीको चापले मस्तिष्कलाई असर गर्छ । जसले गर्दा बच्चाको चालमा , बोलाइमा र व्यवहारमा समस्या हुन्छ । वाक्वाक् गर्ने अनिदो बस्ने, चिडचिडापन हुने , मासंपेशी अरठे हुने , आँखाको नानी तल सर्ने , भोक नलाग्ने र बम्पन आउने हुन्छ ।
डाउन सिन्ड्रोम
यो एउटा यस्तो अवस्था हो जसमा बच्चलाई बौद्धिक तथा शरीरिक अपागंता मानिन्छ ।
बाल मस्तिष्क पक्षघात
यसले गर्दा बच्चाको चालमा असन्तुलन आउने ,सास र्फेन गाह्रो हुने , ढिलो विकास हुने , सन्तुलन बिग्रने , र्याल चुहाइरहने , बोल्न देख्न तथा सुन्नमा समस्या हुन्छ ।
अटिजम
मस्तिष्क विकासको एक प्रकारको अपांगता हो । यसले मस्तिष्कको सामान्य कार्यहरुलाई प्रभावित पार्दछ । अटिजम प्रायः जसो जन्मेको ३ वर्ष भित्र प्रष्टरुपमा देखिन्छ र यो जीवनकाल सम्म रहिरहन्छ।
यसका लक्षणहरु भिन्न भिन्न बच्चाहरुमा फरक फरक किसिमको देख्न सकिन्छ । तर मुल रुपमा तीन वटा पक्षमा जटिल समस्या देखिन्छ । बोली चाली , सामाजिक सिप बुझन र प्रयोग गर्न कठिनाई र दोहोर्याएर गर्ने व्यवहारीक समस्या तथा सोचन सक्ने क्षमतामा एक रुपता नहुनु ।
जन्मजात ओठ र ताली फाटेको
यस अवस्थामा माथिल्लो ओठ देखि नाकको प्वाल सम्म जन्मजात खुल्ला वा खाल्ठो देखिनु जन्मजात ओठ फुट्नु हो र नाकको नली सम्म पुग्ने गरि मुखको भित्रको तालु वा अनाडी खाल्डो देखिनु पनि जन्मजात तालु फाटेको हो । यस्तो अवस्थामा बच्चालाई दुध चुस्न गाह्रो हुन्छ तथा खाना नाकमा गएर बच्चा निसासिन सक्छ
जन्मजात अपागं हुने कारणहरु
वंशााणुगत कारण
जीनको खराबी
गर्भवती हुँदा कुपोषण भएमा
सानो उमेरमा गर्भवती भएमा
महिला ३५ वर्ष वा त्यो भन्दा बढि उमेरमा बच्चा जन्माएमा
धेरै पटक गर्भवती भएमा
गर्भवती आमालाई मधुमेह वा उच्च रक्तचाप जस्ता दिर्घ रोग भएमा
गर्भवती हँुदा रुवेला, सिफीलिस जस्ता संक्रमण भएमा
गर्भवती अवस्थामाा धुम्रपान , मद्यपान गरेमा
गर्भवस्थामा अनुचित औषधी सेवन गरेमा
बच्चा पुरा महिना नपुगी जन्मिएमा
बच्चा कम तौल वा जन्मदा निसासिएको
रोकथामका उपाय
किशोर अवस्था देखि नै पोषणमा धेरै ध्यान दिने
गर्भवतीले खानपानमा विशेष ध्यान दिने र नियमीत गर्भ जाच गर्ने
धुम्रपान मद्यपान नगर्ने
गर्भअवस्थामा चिकित्सको सल्लाहा बमोजीम मात्र औषधीको सेवन गर्ने
गर्भवस्थामा दिर्घ रोगहरु छन् भने उचित व्यवस्थापन गर्ने
सानो उमेर वा ३५ वर्ष भन्दा माथि बच्चा नजन्माउने