एजेन्सी । गर्मीको मौसम सुरु भएको छ ।गर्मीमा धेरै समय घाममा बिताएको कारण सनबर्न र ट्यानिङको समस्या धेरैलाई हुने गर्छ । गर्मीमा धेरै समय घाममा बस्नाले मानिसलआई सन पोइजनिङ पनि हुनसक्छ। प्रायः मानिसहरू सनबर्न र सन पोइजनिङको बारेमा कन्फ्युज हुन्छन्।
तर, सन पोइजनिङ सनबर्न भन्दा खतरनाक हुन्छ । सन पोइजनिङ सनबर्नको एक घातक रूप हो।लामो समयसम्म सूर्यको पराबैंगनी किरणको सम्पर्कमा रहँदा मानिसलाई सन पोइजनिङ हुन्छ । सन पोइजनिङको समस्या भएमा यसलाई मेडिकल उपचारबाट निको पार्न सकिन्छ।
यस्ता छन् सन पोइजनिङका लक्षण
- छालामा र्यासेज देखिने
- छाला उक्किने, फोका उठ्ने
- डिहाइड्रेसन
- वाकवाकी लाग्ने
- रिङ्गटा लाग्ने
- सास फेर्न गाह्रो हुने
- बेहोस हुने
- कमजोरी
सन पोइजनिङले छालालाई असर गर्छ । लामो समय घाममा बस्दा युभी किरणले छालालाई हानी गर्छ, जसका कारण धेरै पीडा र क्षति हुन्छ । शरीरमा यस्ता लक्षणहरू देख्न थालेमा अधिक तरल पदार्थको सेवन गर्नु र हाइड्रेटेड रहनु आवश्यक हुन्छ । साथै, छालाको प्रभावित भागलाई छुनु हुँदैन ।
सन पोइजनिङबाट जोगिने उपायः
- घाममा हिँड्नु १५ देखि ३० मिनेट अघि सन्सक्रिनको प्रयोग गर्नु पर्छ । एसपिएफ ३० भन्दा माथि भएको सन्सक्रिनको प्रयोग गर्नुपर्छ । साथै हरेक दुईदेखि तीन घण्टामा यसको प्रयोग गर्नु प्रभावकारी हुन्छ ।
- घाममा निस्कनुअघि शरीर छोपिने पूरा लुगा लगाउनु पर्छ । सनग्लास पनि लगाउनु पर्छ । घाममा बाहिर निस्कँदा टाइट लुगाको सट्टा खुकुलो कपडा लगाउने । गाढा रङको लुगाबाट जोगिनुपर्छ ।
- गर्मीका दिनहरूमा बिहान १० देखि बेलुका ४ बजेसम्म घरबाट बाहिर ननिस्कने प्रयास गर्नु पर्छ ।
-नवजात शिशू तथा बच्चालाई घामबाट जोगाउनुपर्छ ।