प्रोस्टेट ग्रन्थीको क्यान्सर
हर्मोनको कारणले प्रोस्टेट ग्रन्थी बढ्ने रोगलाई प्रोस्टेट ग्रन्थीको क्यान्सर भनिन्छ । बढ्दो उमेरसँगै पुरुषहरुमा प्रोस्टेटको समस्या देखा पर्ने गर्छ । यो समस्या प्राय ६०– ७० वर्षका पुरुषहरुमा देखा पर्ने गर्छ । प्रोस्टेट ग्रन्थीको क्यान्सर भन्नाले हर्मोनको कारणले कोषिकाहरु सक्रिय भएर प्रोस्टेट ग्रन्थी बढ्दै जानु हो ।
बढ्दो उमेरसँगै प्रोस्टेट ग्रन्थीको कोषिकाहरु ठूलो हुँदै जाँदा प्रोस्टेट ग्रन्थीको क्यान्सर हुने गर्छ । यो व्यक्तिको शारीरिक कारणले नै हुने गर्छ । कसै कसैमा ४० – ५० वर्षको उमेरमा देखा परे पनि बढी मात्रामा भने ७० वर्ष भन्दा माथिका पुरुषहरुमा यो प्रकारको क्यान्सर देखा पर्ने गर्छ । यस प्रकारको क्यान्सर हुने नहुने भन्ने खानपानको अधिनमा भने हुँदैन।
बेलायत, युरोप, अमेरिकालगायतका पश्चिमेली देशका पुरुषमा एसियाली मुलुकका पुरुषका तुलनामा प्रोस्टेट क्यान्सर हुने सम्भावना धेरै हुन्छ। प्रोस्टेट क्यान्सर हुनुमा खानेकुराले भने खासै फरक पार्दैन । लक्षणहरु
प्रोस्टेट क्यान्सर हुँदा पिसाब सम्बन्धि समस्या देखिन्छ । छिनछिनमा नै पिसाब फेर्न मन लाग्नु,पिसाब खुला रुपमा नहुने, राती सुतेको समयमा पनि पिसाब फेर्न मन लागि रहने,कसैलाई पिसाबमा रगत देखिने तथा पिसाब पोल्ने जस्ता समस्याहरु देखा पर्न सक्छन् ।
उपचारविधी
प्रोस्टेट क्यान्सर भएको पत्ता लागेपछि पिएसए तथा एमआरआई परीक्षणको माध्यमबाट ग्रन्थीको रगत खुरकेर जोखिम पत्ता लगाई त्यसै अनुसार उपचार गरिन्छ । परीक्षणको क्रममा बढी जोखिम देखिएमा हर्माेनको मात्रालाई नियन्त्रण गर्ने चक्की दिइन्छ । त्यस्तै ३०– ३५ दिनको रेडियोथेरापी पश्चात् त्यही चक्की निरन्तर रुपमा खानुपर्ने हुन्छ ।
कुनै कुनै प्रोस्टेट क्यान्सर बाहेक प्राय सबै प्रकारका प्रोस्टेट क्यान्सरको उपचार सम्भव हुन्छ । अन्य भागमा नफैलिएको अवस्थामा यसलाई पूर्ण रुपमा निको बनाउन सकिन्छ । यदि क्यान्सर फैलिएर अन्य एक दुई अंगहरु जस्तै हड्डीमा पुगिसकेको अवस्थामा समेत यसलाई पूर्ण रुपमा निको बनाउन सकिन्छ । धेरै मात्रामा फैलिएको अवस्थामा भने खाने चक्कीमा राखेर,दुखेको ठाउँमा सेकाई जीवनकाललाई लम्ब्याउन भने सकिन्छ ।