एजेन्सी । धुम्रपानले फोक्सोमा नराम्रो असर पार्छ भन्ने कुरा अधिकांशलाई थाहा हुन्छ। तर धुम्रपानले हामीलाई शारीरिक र मानसिक रूपमा पनि कमजोर बनाउँछ । धुम्रपान गर्ने व्यक्तिमा फोक्सोको क्यान्सर हुने सम्भावना उच्च हुन्छ। धुम्रपानले शरीरमा ठुला परिवर्तनहरू आउँछन् र बिस्तारै निकोटिनको लत लाग्न थाल्छ।
निमोटिन शरीरमा प्रवेश गर्दा यसले विभिन्न रोहरू निम्त्याउँछ। धुम्रपानले श्वासनली, मस्तिष्क, पेट, मुटु, दाँतमा असर गर्छ । यसले केन्द्रीय स्नायु प्रणालीमा अवरोध उत्पन्न गर्छ। जसकारण दिमागलाई असर गर्छ।
निकोटिनले मस्तिष्कको स्नायुलाई पनि क्षति पुर्याउँछ। धेरै चुरोट पिउनाले मानिसको सोच्ने र बुझ्ने क्षमता कम हुन्छ । लामो समयसम्म धुम्रपान गर्ने मानिसमा तनाव, डिप्रेसन जस्ता समस्या हुनसक्छ । धुम्रपानले पाचन प्रणालीलाई पनि हानि पुर्याउँछ।
धुम्रपान गर्नाले यसमा भएको निकोटिन मुख र घाँटीबाट पेटमा जान्छ । यसले कब्जियत, अपच, ग्यास, एसिडिटी, भोक नलाग्नेलगायतका विभिन्न समस्याहरू निम्त्याउँछ । धुम्रपानले मधुमेहको जोखिम पनि बढाउने हुन्छ।
चुरोटको अत्यधिक सेवनले मुटुमा पनि नकारात्मक असर गर्छ। धुम्रपानले सम्पूर्ण कार्डियोभास्कुलर प्रणालीलाई क्षति पुर्याउँछ । शरीरमा निकोटिनको प्रवेशले रक्तनलीहरू साँघुरो बनाउँछ।
यस्ता मानिसमा रगत जम्ने र रक्तचापको समस्या हुनुका साथै धुम्रपानले हृदयघातको जोखिम पनि बढाउँछ। पहिले नै हृदयघात भइसकेका वा मुटुरोगीहरू थप जोखिममा हुन्छन् । लामो समयसम्म अत्यधिक धुम्रपानले दाँतलाई समेत असर गर्छ ।
धुम्रपानले गिजाको गम्भीर सङ्क्रमण, पिरियडोन्टाइटिस निम्त्याउँछ । यी सबैबाहेक धुम्रपानले अन्य धेरै रोगहरू निम्त्याउन सक्छ। त्यसैले, आफ्नो र आफ्नो परिवारको स्वास्थ्यको लागि धुम्रपान त्यागेर यसबाट टाढा रहनु नै उचित हुन्छ।