काठमाडौं । गोरखा जिल्ला भिमसेन थापा गाउँपालिका १, घ्याम्पेसाल र सिरानचोक गाउँपालिका ५, छोप्राकमा बृहत ‘निशुल्क दन्त शिविर’ सम्पन्न भएको छ ।
ओम समाज डेन्टल हस्पिटलको सहयोग तथा घ्याम्पेसाल सामुदायिक अस्पतालको आयोजनामा घ्याम्पेसाल र बयापानी टोल सुधार समिती र बक्सि खोला खानेपानी तथा सरसफाई को आयोजनामा श्री मण्डली माध्यमिक बिद्यालयमा चैत्र १८ र १९ मा शिविर सम्पन्न भएको हो ।
शिविरमा ओम समाज डेन्टल हस्पिटलका ओरल म्याजिलोफेसिएल सर्जन डा.सुरेन्द्र आचार्य,डेन्टल सर्जन डा.सिनेल देशार,डा.सपना लिम्बु ,हाइजिनिस्ट करिस्मा भर्थले,तथा सहाएक जुनु पण्डित,सिताराम भुजेल लगाएत टिमको व्यवस्थापन अजय रेग्मीले गरेका थिए ।
निस्शुल्क दन्त शिविरमा घ्याम्पेसालबाट १५३ जना र छोप्राकमा १८१ जना बिरामीले उपचार पाएको रेग्मीले बताए ।चार वर्ष देखि असी वर्षसम्मका बिरामीहरुले उक्त शिविरबाट सेवा लिएको ओम समाज डेन्टलबाट नेतृत्व गरेर आएका डा सुरेन्द्रले बताए ।
बेग्ला बेग्लै सम्पन्न भएको शिविरमा भिमसेन थापा गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डे , सिरानचोक गाउँपालिका उपाध्यक्ष रिता देवकोटा,गाउँपालिका स्वास्थ प्रमुख टुकमान श्रेष्ठ, बयापानी टोल विकास संस्थाका अध्यक्ष शिव चन्द्र पोखरेल लगायत विशिष्ट व्यक्तित्वको सहभागीता थियो ।