काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलले आफ्नो एक वर्षे कार्यकालको उपलब्धी सार्वजनिक गरेका छन् ।
उनले शिक्षा, सेवा तथा भौतिक संरचनातर्फ एक वर्षका उपलब्धी सार्वजनिक गरेका हुन्।उनले एमडीजीपी, एमडी (पेडियाट्रिक) एमडी ९एनेस्थेसियोलाजी० कार्यक्रम निरन्तर हुनुका साथै हाडजोर्नी विषयमा स्नातकोत्तरको नयाँ अध्ययन सुरु गरिएको र आगामी वर्ष विभिन्न नयाँ ३ विषयमा एमडी तथा एमएस अध्ययन थप गर्ने योजना बनाएको बताएका छन्।
रावलले एमपीएच, एएस्सी इपिडिमियोलोजी, एमएन र ब्याचलर इन न्युट्रिशन कार्यक्रमको पाठ्यक्रम तयार गर्ने कार्य सम्पन्न भएको उल्लेख गरेका छन्।
यस्तै, सेवातर्फ अस्पतालमा थप छालारोग, आँखा, नाक कान घाँटी, बाल, दन्तरोग विशेषज्ञ सेवा विस्तारित भएको, नाक कान घाँटीको अपरेशन सेवा सुरु भएको, जन्मदेखि २८ दिनसम्मका बच्चाहरुको सघन उपचार सेवा सुरु भएको, २५ बेडको एचडियु सेवा ५० बेडमा स्तरोन्नति भएको जनाएका छन्।
डा रावलले प्रतिष्ठानको मेडिकल कलेज, छात्रावास, अस्पताल तथा शैक्षिक भवन तत्काल निर्माण गर्नुपर्ने भएकाले बजेट व्यवस्थापनका लागि लागि परिहेको बताएका छन्।