स्तन क्यान्सर भनेको के हो ?
मानिसहरुको उमेरसँगै शरीरको अंगहरु बढ्दै जाने गर्छन । यो स्वाभाविक नै हो, त्यस्तै महिलाको स्तन पनि उमेर सँगै बढ्दै जान्छ। यदि त्यसको बढ्ने क्रम अस्भाविक छ भने त्यसले क्यान्सरको रुप ल्याउन सक्छ । त्यस्तै एउटा अंगबाट अर्को अंगमा फैलियो भने पनि त्यसलाई हामी क्यान्सर भन्छौं।
शरीरको कुनै पनि अंगमा हुने कोशिका अनियन्त्रित रुपमा बढ्नु नै क्यान्सरको प्रमुख कारण हो । शरीरको आवश्यकताअनुसार कोशिकाहरु विभाजित हुन्छन् । तर, यदि कोशिकाहरु लगातार बढिरहे भने यसले क्यान्सरको रुप लिन सक्छ ।
विश्वको कुरा गर्ने हो भने फोक्सोको क्यान्सर पछि स्तन क्यान्सर दोस्रो नम्बरमा पर्दछ । नेपालको तथ्यांक हेर्ने हो भने महिलाहरुको कुरा गर्दा एक नम्बरमा पाठेघरको क्यान्सर आउँछ र दोस्रो नम्बरमा चैं स्तन क्यान्सरकै कूरा आउँछ ।
अहिले अस्पतालमा हेर्ने हो १० देखि १२ वर्षका किशोरीहरु स्तन क्यान्सरको समस्या लिएर आउँछन् ।स्तन क्यान्सरबाट हुने मृत्युको कुरा गर्नुपर्दाे यसलाई दुई किसिममा विभाजन गर्न सकिन्छ । स्तन क्यान्सरमा पनि विभिन्न चरणमा हुने गर्दछ, जसमा पहिलो, दोस्रो, तेस्रो र चौथों चरण रहेको छ ।
पहिलो र दोस्रो चरणमा हामीले स्तन क्यान्सरलाई निको नै पार्न सकिन्छ । तर तेस्रो यदि तेस्रो चरणमा छ भने ६०(७० प्रतिशत निको हुने सम्भावना रहेको हुन्छ र चौथों चरणको क्यान्सर भने निको बनाउन सकिदैंन । स्तन क्यान्सर मेडिकल हिसाबमा दुई प्रकारका हुन्छन् । क्यान्सरलाई फैलने र नफैलने भनी दुई भागमा विभाजन गर्न सकिन्छ ।
लक्षणहरु
४० वर्ष काटेका महिलाहरुले स्तनको जाँच गराउनु पर्दछ । यदि वंशाणुगत रुपमा कसैलाई क्यान्सर भएको छ भने परिवारका अन्य सदस्य त्यसबारेमा बढी सतर्क हुनपर्ने हुन्छ ।
स्तन क्यान्सर प्राय चार चरणमा हुन्छन, पहिलो चरणमा मेमोग्राम गरेर वा त्यसलाई हेरेर वा छामेर पत्ता लगाउन सकिन्छ । दोस्रो चरणमा स्तनमा सानो गाँठो आउँन सक्छ र त्यो कहीं पनि फेलेको हुने छैन ।
त्यस्तै तेस्रो चरणमा भने स्तन बाहेक क्यान्सर काँखीसम्म पनि फैलिसकेको हुन्छ, यस चरणमा स्तनमा र काँखीमा पनि डल्लो हुने गर्दछ र चौथों चरणको स्तन क्यान्सर स् फैलिएर काँखीमा, फोक्सोमा, कलेजोमा, हड्डीमा, दिमागमा सम्म पुग्न सक्दछ।
स्तन क्यान्सरका कारणहरु
यदि परिवारमा कसैलाई क्यान्सर छ भने त्यस्ता व्यक्तिमा क्यान्सरको जोखिम धेरै हुन्छ । जसलाई हेरेडीटी क्यान्सर भनिन्छ ।
त्यस्तै बच्चा नपाएको र विवाह नभएको महिलाहरू, महिनावारी एकदमै चाँडो सुरु भई र ढिलो सम्म भइरहने महिलालाई स्तन क्यान्सरको सम्भावना बढी हुने गर्दछ । यदि स्तनमा गाँठोहरु, पिप आउने, रगत आउने र निको नहुने घाउहरु आयो भने यो पछि गएर क्यान्सर हुन सक्दछ ।
कसरी बच्ने ?
महिनाको एकपटक आफैंले आफ्नो स्तन परीक्षण गर्ने, ४० वर्ष पुगेका महिलालले स्तनको म्यमोग्राम गर्नुपर्छ ।
यदि महिनावारी सुकेका महिलाहरुमा निप्पलबाट फोहोर रगत जस्तो तरल पदार्थ बग्ने, निप्पलमा गाँठो आउने , चिलाउनु, पिप आउने, जस्ता लक्षणहरु देखा परेमा तुरुन्त चिकित्सकको सल्लाहमा काम गर्नुपर्ने हुन्छ । त्यस्तै निडल र बायोप्सी गरेर पनि क्यान्सर भएको नभएको पत्ता लगाउन सकिन्छ ।