काठमाडौं । गर्मीको शुरुवात भएपछि पसिना आउने समस्याबाट धेरै मानिसहरु पिरोलिने गरेका छन्। पसिना आउँनु स्वास्थ्यका हिसामा राम्रो कुरा हो । किनकी शरीर भित्र रहेका विकारहरु पसिनाको रुपमा बाहिर आउँछ । तर धेरै पसिना आउनु पनि राम्रो भने मानिदैन ।
शरीरबाट पसिना निस्केन या कुनै कारणवस पसिना भित्रै रोकिन गयो भने जसको फलस्वरुप कैयौं प्रकारका शारीरिक रोगहरु उत्पन्न हुनसक्छ । अतः शरीरलाई स्वस्थ्य राख्नको लागि पनि शरीरबाट पसिना निस्किनु अत्यन्त आवश्यक छ।
यसैले मानिस अचेल पसिना आउनेगरी साईक्लिङ, व्यायाम, जगिङ्, मोर्निङवाक या जिममा गएर पसिना निकाल्ने गर्दछन् । तर कहिलेकाहिँ आवश्यकता भन्दा बढीमात्रामा तथा बिनाकारणबस शरीरबाट पसिना आउन थाल्छ ।
बढी पसिना आउनलाई चिकित्सा विज्ञानमा हाईपरहाईड्रोसिस अर्थात अत्यधिक पसिना आउनु भनिन्छ । एक तथ्याङअनुसार विश्वको कुल जनसंख्याको करिब दुईप्रतिशत मानिसहरुमा हाईपरहाईड्रोसिस भएकोअनुमान गरिएको छ । सामान्यतः महिलाहरुको तुलनामा पुरुषहरुलाई धैरै मात्रामा पसिना आउने गर्दछ ।
पसिना के हो ?
छालाको भित्री सतहमा अवस्थित स्वेट ग्रन्थिबाट पसिना बन्दछ । यो ग्रन्थिको काम भने शरीरको तापक्रमलाई नियन्त्रणमा राख्नु हो । अत्यधिक गर्मीका कारण छालालाई डढ्नबाट जोगाउनुका लागि स्वेट ग्रन्थिले छालाको माथिल्लो सतहमा नुनयुक्त पानी (पसिना) उत्पन्न गर्दछ। जसलाई पसिना भनिएको हो । पसिना आफैंमा गन्धरहित हुन्छ । शरीरबाट निस्केको पसिनाको स्वाद प्रायः नुनिलो हुन्छ ।
पसिना कसरी आउँछ ?
शरीरमा पसिना आउनका विभिन्नकारणहरु छन् । वंशानुगत कारणले पनि बढी पसिना आउँछ । गर्मीमा धेरै शारीरिक श्रम गर्नु, खेलकुदको अभ्यास वा व्यायाम बढी गर्नु, तेलयुक्त मसालादार खाना बराबर खानु, कब्जियत हुँदा पनि पसिना बढी आउँछ ।
यसबाहेक कुनै शारीरिक रोग भएमा जस्तैः मलेरिया, टाइफाइड, डेंगु, ज्वरो, छातिको टिबी, रगत दुषित हुनु, एनिमिया, मानसिक तनाव, चिन्ता, घबराहट, डर, भय, आघात र कडा ज्वरोको कारण पनि बढी पसिना आउँछ ।
अन्य कारणहरुमा
तातो पेयपदार्थ पिउनु, खैनी, गुट्खा, काँचो सुपाडी तथा नशालु पदार्थको सेवन गर्नु । यसैप्रकार शरीरिक रुपले अत्याधिक मोटोहुनु तथा थाइराइड ग्रन्थि शरीरको ईम्युनो सिस्टमको कारण बढी सक्रिय भयो भने पनि व्यक्तिलाई धैरै पसिना आउने हुन्छ ।