एजेन्सी । हरेक मानिस सधैँ खुसी रहने चाहना राख्छन् । तर सधैँ यस्तो हुँदैन । मानिसहरुले ठूलो कुरा प्राप्तिलाई मात्रै खुसीको रुपमा लिने गर्छन् । जीवनमा ठूलो कुराले मात्रै खुसी पाइँदैन । केही क्षणको सम्झनाले मात्रै पनि खुसी दिँदैन ।
टिचिकी डेभिस, पिएचडीले खुसी हुने विभिन्न उपाय र तरिका खोजेका छन् । खुसी हुने विज्ञानसम्मत तरिका पत्ता लगाउने उनले कोसिस गरेका छन् ।
हामीले केही साना–साना कुरालाई पनि जीवनमा निरन्तर लागू गर्दै जाने हो भने खुसी प्राप्त गर्न सकिने उनको धारणा छ । यसैका आधारमा जीवनमा विभिन्न तरिका अवलम्बन गरी बढीभन्दा बढी खुसी प्राप्त गर्न उनले खोजेका २३ उपाय यस प्रकार छन् ।
१. पत्ता लगाउनुहोस्, म के गर्दै छु
यदि तपार्ईंलाई केही थाहा छैन भने, तपार्ईं जहाँ हुनुहुन्छ त्यही स्थानबाट केही पाउन वा सिक्न संघर्ष गर्दै हुनुहुन्छ भने तपार्ईंंले पहिलो चरणमा के गरेर खुसी पाउने, त्यसको उपाय पत्ता लगाउनुपर्छ । यसकारण तपार्ईंंको जीवनमा आएका प्रश्नको उत्तर दिन सजिलो हुन्छ । प्रश्न धेरै हुन्छन्, ती प्रश्नबारे हामीले ज्ञान प्राप्त गर्न सक्छौँ । जीवनमा हामीले सिक्नुपर्छ, सिकेपछि धेरै ज्ञान पाउन सकिन्छ । हामीमा भएको कमी–कमजोरी पत्ता लगाएर पनि आफूलाई सुधारेर एउटा नयाँ बाटो बनाउन सकिन्छ । यस्ता कुराले पनि हामीलाई जीवनमा धेरै आनन्द प्रदान गर्छ ।
२. आत्मविश्वास बढाउनुहोस्
तपार्ईंले आफ्नो जीवनमा खुसी बढ्दै जाँदा के कारणले खुसी प्राप्त भइरहेको भनेर थाहा पाउनुपर्छ । जीवनमा खुसीले तपार्ईंलाई आत्मविश्वास प्रदान गर्छ । साना–साना खुुसीले पनि तपार्ईंको आत्मविश्वासमा वृद्धि गर्छ । खुसी हुने उत्कृष्ट तरिकामध्ये सबैभन्दा महत्वपूर्ण आफूमा कसरी बढीभन्दा बढी कृतज्ञ हुन सकिन्छ वा काम गरेर हार्दिकता पाउन सकिन्छ, ती कुरालाई जीवनको पहिलो प्राथमिकतामा राख्नुपर्छ । आफ्नो पहिलो प्राथमिकता छनोट गर्नुपर्छ । त्यही प्राथमिकता तपार्ईंलाई आत्मविश्वास दिने महत्वपूर्ण सूत्र बन्छ ।
३. आफ्नो सिकाइमा सक्दो ऊर्जा थप्दै जानुहोस्
तपाईं जीवनमा खुसी हुने सम्भावित साना–साना कामसँग जोडिनुपर्छ, त्यस्तो कला सिक्दै जानुपर्छ । जस्तै, तपाईंलाई खाना पकाउन आउँदैन भने खाना पकाउन सिक्नुहोस् । अर्को कुरा जीवनमा खुसी प्राप्त गर्ने धेरै आयाम छन् । जीवनलाई सहज बनाउन विभिन्न नयाँ उपाय सिक्नुपर्ने हुन्छ । आफ्नो आत्मविश्वास बढाउनका लागि भाषा सिक्ने, सीप सिक्ने गर्नाले त्यसले तपाईंलाई छुट्टै ऊर्जा प्रदान गर्छ । जीवनमा आफूलाई आत्मविश्वासको खानी सम्झनुुपर्छ ।
मेरो विचारमा जीवनमा खुसी हुन सबैभन्दा पहिले सकारात्मक सोच राख्नुपर्छ । यसले तपाईंलाई अझ बढी खुसी भएको महसुस दिलाउन सक्छ । जस्तै, तपाईं कल्पना गर्दा सधैँ खुसी भएको गर्नुहोस्, कल्पनाको शक्तिले पनि तपाईंलाई खुसी प्राप्त गर्न ठूलो सहयोग गर्छ । आफूले जीवनमा राम्रा–राम्रा काम गरेको स्मृतिलाई मानसपटलमा राख्नुहोस् । यस्तो सोच बनाउनुहोस्, जुन सोचले तपाईंलाई जीवनको लामो दूरी पार गर्न सहज बनाओस्, जुन खुसीले लामो यात्रा छोटो होस् । त्यसैमा पनि खुसीको मात्रा बढिरहेको हुन्छ, त्यो यात्राले तपाईंको खुसीको आयाम बढाइरहेको हुन्छ ।
सामाजिक सञ्जालले तपाईंको खुसी बिस्तारै–बिस्तारै हरण गरेर लान्छ । हामीले त्यसबाट छुटकारा पाउनका लागि भरसक कम मात्र चलाउने कोसिस गर्नुपर्छ । त्यसका लागि नयाँ–नयाँ सिर्जनात्मक काममा व्यस्त हुनुपर्छ ।
४. खराब कुराहरू हटाएर जीवन सन्तुलनमा राख्नुहोस्
यदि आफूले गरिरहेको कामबाट तपार्ईं आफैँ खुसी हुनुहुन्न भने जीवनका लागि कसरी शक्ति प्राप्त गर्नुहुन्छ रु त्यो काम साँच्चिकै गाह्रो छ भने नयाँ–नयाँ काम सिकेर खुसी हुनुपर्छ । त्यसले तपाईंलाई अझ धेरै खुसी बनाउन सहयोग गर्छ । खुसी बढाउने काम गर्न तपाईंले राम्रो समयको छनोट गर्नुपर्छ । यसले तपाईंको जीवनमा र खुसीलाई सन्तुलनमा राख्न धेरै सहयोग गर्छ ।
५. खुसी हुनका लागि आफू मानसिक रूपमा तयार हुनुहोस्
हामी आफैँले आफ्नो मानसिकता वृद्धि गर्न सक्छौँ । जब हामी आफैँलार्ई परिवर्तन गर्न सक्छौँ तब खुसीको भागिदार बन्छौँ । जब हामी खुसी हुन तयार हुन्छौँ तब खुसी हुने मानसिकता आफैँ तयार पार्छौं । जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा विश्वास हो, आफूलाई खुसी राख्न पहिले आफैँमा विश्वास राख्नुपर्छ, आफैँ मानसिक रुपमा तयार हुनपर्छ, खुसीका आधार तय गर्नुपर्छ । अन्यथा हाम्रा प्रयास सबै निरर्थक हुन्छन् । हाम्रो जीवनमा अरूले खुसी भरिदिने होइन ।
६. सकारात्मक सोच बनाउनुहोस्
तपाईंको दिमाग सकारात्मक सोचले मात्र राम्रो बन्न सक्छ । नकारात्मक विचारले तपाईंको धारणालाई राम्रो अवधारणाको रुप दिन सक्दैन । त्यसैले सदा सकारात्मक सोच राख्नुहोस् । सकारात्मक सोचले नै हाम्रो दिमागलाई स्वस्थ्य बनाइराख्छ।
७. नराम्रो कुरामा पनि राम्रो कुरा खोज्ने प्रयास गर्नुहोस्
हामीले देखेका सबै कुरा राम्रा वा नराम्रा हुन्छन् भन्ने छैन, हाम्रो हेराइमा भर पर्छ । कालो बादलमा पनि चाँदीको घेरा देख्न सक्नुपर्छ । हामीले जीवनमा आफूलाई खुसी राख्ने कुरा मात्र खोज्नुपर्छ । हामीले सकारात्मक विचारलाई मात्र स्थान दिनुपर्छ, नकरात्मक विचारलाई पूरै निरुत्साहित गर्नुपर्छ । हामी सधैँ चिन्तामुक्त रहनुपर्छ, चिन्ता हटाउने कला सिक्नुपर्छ । यसको माध्यमबाट हामी आफ्नो क्षमता अभिवृद्धि गर्न सक्छौँ । जीवन अवसर हो भनेर सम्झिनुपर्छ ।
८. सामाजिक सञ्जालबाट टाढा बस्नुहोस्
सामाजिक सञ्जालले तपाईंको खुसी बिस्तारै–बिस्तारै हरण गरेर लान्छ । हामीले त्यसबाट छुटकारा पाउनका लागि भरसक कम मात्र चलाउने कोसिस गर्नुपर्छ । त्यसका लागि नयाँ–नयाँ सिर्जनात्मक काममा व्यस्त हुनुपर्छ । सामाजिक सञ्जालबाट छुटकारा पाउन सकेको खण्डमा मात्र हामी खुसीको सीमा बढाउन सक्छौँ । खुसीको सीमा विस्तार गर्नु छ भने सामाजिक सञ्जालको प्रयोग कम गर्दै लानुपर्छ ।