टाइफाइड ज्वरो संक्रमित व्यक्तिको दिसाको माध्यमबाट टाइफाइड रोगका जीवाणु बाहिरी वातावरणमा पुग्दछ र स्वस्थ्य व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्ने गरिन्छ ।
यो रोग संक्रमित व्यक्तिको ज्यानै जोखिममा पार्न सक्ने संक्रामक रोग हो ।
यो खोप कस्तो अवस्थाको व्यक्तिले लिनु हुँदैन ।
बिगतमा कुनै खोप लिदाँ गम्भीर पक्रारको प्रतिक्रिया एलर्जी देखा परेको वा कुनै खाना वा अन्य वस्तुबाट कडा एलर्जी भएको र एड्सको लक्षण देखिएका व्यक्तिहरुले दिनु हुँदैन ।
साथै हाल उच्च ज्वरो आएको वा सिकिस्त हुने गरि बिरामी भएका व्यक्तिलाई पनि यो खोप दिनु हुँदैन तर बिरामी ठीक भईसके पछि खोप लिन सकिन्छ ।
यो खोप लगाए पछि के के असरहरु देखिन सक्छ त ?
यो खोप लगाएपछि अन्य खोपहरु लगाएको समयमा जस्तै केही सामान्य सुई लगाएको ठाउँमा रातो हुने, सुन्निने र दुख्ने, हल्का ज्वरो आउने, टायको दुख्ने, हात गोडा तथा जोर्नीहरु दुख्ने आदी असरहरु हुनस्क्छन् र यस्ता सामान्य लक्षणहरु आफै बिस्तारै ठीक भएर जान्छन् ।
यस्ता सामान्य लक्षणहरु बाहेक अन्य जटिलता देखा परेमा भने तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्नु पर्दछ ।