एजेन्सी । बिहान उठेपछि धेरैले मनतातो पानी पिउने गर्छन् । यसरी पानी पिउँदा शरीरलाई फाइदा पुग्छ । हल्का तातो पानीमा मह, कागती वा नुन मिसाएर पनि पिउने गरेको पनि पाइन्छ ।
तर, पछिल्लो समय भने कोभिड १९ बच्नका लागि धेरैले बेसार पानी पिउने गरेका छन् । जुन स्वास्थ्यका हिसाबले निकै राम्रो हो । बेसारले खानालाई आकर्षक र स्वादिलो बनाउने मात्रै नभई हाम्रो शरीरका विभिन्न समस्याबाट छुटकारा दिलाउन सहयोग गर्छ ।
मन तातो बेसार पानी पिउनुका फाइदाहरू
बेसारपानीमा एन्टिअक्सिडेन्ट बढी मात्रामा पाइने भएकाले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनमा मद्दत गर्छ ।
रुघाखोकी निको पार्नुका साथै पेटसम्बन्धी समस्या हुनबाट बचाउँछ ।
घाँटी दुखेमा वा शरीरमा दुखाइ भएमा बेसार पानी पिउँदा राहत मिल्छ ।
छालासम्बन्धी केही समस्या भएमा पनि बेसारपानी पिउनु फलदायी हुन्छ ।
बेसनको पिठोमा बेसार र अलिकति मह मिसाएर अनुहारमा लगाउँदा अनुहारमा भएको दागधब्बा हटेर जान्छ।
शरीर सुन्निएको छ भने बेसार पानी पिउँदा दुखाइ कम हुन्छ ।
मनतातो पानीसँग बेसार मिलाएर खाएमा दिमाग तेज हुन्छ ।
कलेजोलाई सुरक्षित तथा स्वस्थ रख्नमा मद्दत गर्दछ
बेसार पानी पिउँदा क्यान्सर उत्पादन गर्ने कोषिकाहरूसँग लड्ने काम गर्छ ।
नियमित बेसार पानी पिउँदा रगत सफा गर्दछ ।
यसले मधुमेहको खतरा कम हुन्छ ।