एजेन्सी । पार्किन्सन्स कोषिकासँग सम्बन्धित रोग हो । यो वंशाणुगत रोग हो । यो रोगबाट ग्रसित व्यक्तिलाई हिँड्डुल गर्न र अन्य सामान्य दैनिक कामकाज गर्न असहज हुन्छ । विस्तारै–विस्तारै बढ्दै जाने हुनाले यसलाई प्रोग्रेसिभ डिसअर्डर पनि भनिन्छ ।
यो रोगको खास कारण अहिलेसम्म पत्ता लागेको छैन । हालसम्म भएको अध्ययनले पार्किन्सन्सको रोग मस्तिष्कमा रहेका न्युरान्स नामका केही नर्भ सेल्स बिस्तारै–बिस्तारै कम वा मृत हुँदै जान्छन् भन्ने देखाएको छ । अप्रिल ११ लाई ‘वल्र्ड पार्किन्स डे’को रूपमा मनाइन्छ ।
यस्ता छन् पार्किन्सन्सका पाँच लक्षण
१. आरामसँग बसिरहेका वेला अचानक हात काँप्न थाल्नु । यस्तो भएमा साबधान हुन जरुरी छ । यो कम्पन सुरुवातमा बिस्तारै हुन्छ, तर समयसँगै बढ्दै जान्छ ।
२. सामान्य अवस्थामा हुँदा एक्कासि झट्का (रिंगटा) लाग्नु र सन्तुलन गुम्नु । कैयौँपटक यस्तो भएमा रोगी व्यक्ति अचानक लड्न सक्छ ।
३. कुराकानी गर्दागर्दै अचानक आवाज कम हुनु वा काम्न थाल्नु, भकभकाउनु थाल्नु र बोल्दाबोल्दै बोली लर्बराउन थाल्नु।
४. पीडित व्यक्तिको मुखबाट धेरै मात्रामा र्याल बहन थाल्नु । खाना खान र निल्न एकदमै गाह्रो हुनु । रोगीलाई छिनछिनमा पिसाब लाग्नु ।
५. पार्किन्सन्सबाट ग्रसित व्यक्तिको अनुहार अचानक भावशून्य हुन्छ र उसको आँखा ठुल्ठूला हुन्छन् । साथै रोगीमा अत्यधिक पसिना आउन थाल्छ ।