डा. हेमराज कोइराला
काठमाडौं- रोग प्रतिरोधक क्षमता (ईम्यूनीटी) को सशक्तिकरण कसरी गर्ने भन्ने बारेमा जान्नु भन्दा पहिला प्रतिरक्षा प्रणली भनेको के हो बुझ्नु जरुरी छ । प्रतिरक्षा प्रणली अन्तरगत बोन म्यारो वा हड्डी भित्रको मज्जामा उत्पन्न भई रगत, तन्तुहरू र लिम्फ नोडहरूमा रहेने सेता रक्तकोशहरू, लिम्फनोड, फियो, थाइमस आदिले मिलेर बनेको यस्तो प्रणाली जसले रोग कारक सूक्ष्मजीवहरू जस्तै ब्याक्टेरिया, भाईरस, ढुसी एवं परजीवी शरीरमा प्रवेश गर्ने बित्तिकै आक्रमण गरेर नष्ट गरिदिन्छन् ।
प्रतिरक्षा प्रणाली मजबुत भए रोगका किटाणुहरूलाई प्रतिरक्षा प्रणालीका कोषहरूले जित्छ र रोगले केही गर्न सक्दैन । तर प्रतिरक्षा प्रणाली कमजोर भए रोगका किटाणुले जित्छ र मान्छेको ज्यान जान्छ । यसर्थ प्रतिरक्षा प्रणालीको सशक्तिकरण नै हरेक सूक्ष्मजीवबाट हुने रोगहरूको सबैभन्दा भरपर्दो उपचार हो ।
प्रतिरक्षा प्रणालीको सशक्तिकरण गर्न वा रोग प्रतिरोधक क्षमता बढाउन निम्न प्राकृतिक चिकित्सा विधिहरू अपनाउन सकिन्छ ।
१. दैनिक आठ घण्टाको निन्द्राः बेलुका ९ बजेदेखि ५ बजे बीचको राम्रो, गहिरो र मिठो निन्द्राले सेता रक्तकोषहरू बढाउने, घाउ खटिरा निको पार्ने र संक्रमण नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्छ।
२.पर्याप्त पानीको सेवनः पर्याप्त पानीको सेवन गर्नाले शरीरमा विजातिय द्रब्यहरूको संकलन हुन पाउँदैन । यसोहुदाँ शरीरमा अनावश्यक रूपमा हानीकारक ब्याक्टेरिया, भाईरस, ढुसी एवं परजीवीहरूको वृद्धि हुन पाउँदैन। पानी कम हुँदा शरीरमा विषाक्त पदार्थ जम्मा भई प्रतिरक्षा प्रणालीका कोषहरूलाई समेत निष्तेज पार्दछ ।
३.योगभ्यासः योगभ्यासले शरीरमा रक्तसंचार सूचारू पार्ने, पोषक तत्वहरूको समान वितरण गर्ने, विजातिय द्रब्यको निस्कासनमा भूमिका खेल्ने र प्रतिरक्षा प्रणालिका कोषहरू उत्पादन गर्न मद्यत गर्दछ।
४. प्रणायाम , कपालभाती, भस्त्रिका, सूदर्शन क्रिया जस्ता छिटो–छिटो श्वास लिएर गरिने प्राणयामले शरीरमा नेचूरल किलर सेल र टी सेलको मात्रा बढाउने हुँदा भाईरसको संक्रमण संग लड्न मद्यत गर्दछ ।
५.ध्यानः ध्यानले तनाव कम गर्दछ। तनाव कम हुँदा प्रतिरक्षा प्रणलीको आफैँ मजबुत हुन्छ ।
६. शाकाहारी खानाः शाकाहार मानवको प्रकृति प्रदत्त अधिकार हो । शाकाहारी जीवनशैली अपनाउदा मान्छेले आफूलाई धरै जूनोसिस ९जनावरबाट मान्छेमा सर्ने रोगहरू० बाट बच्न सक्दछ । मंशाहारीलाई विभिन्न किसिमका संक्रमणहरू भइरहन्छन् । शाकाहारी खानाले संक्रमण र प्रदाहलाई निको पार्न मद्यत गर्दछ ।
७. पर्याप्त फलफूल एवं तरकारीको सेवनः फलफूल एवं तरकारीमा प्रसस्त मात्रामा भिटामिन, खनिज एवं लवण र एण्टी–अक्सिडेण्ट पाईन्छन । यी तत्वहरूले रोग प्रतिरोधक कोषहरूको उत्पादन एवं वृद्धि–विकासमा महत्वपूर्ण भूमिका प्रदान गर्दछ ।
८.आधा घण्टाको सूर्य स्नान (घाम तपाई) सूर्यको प्रकाश सर्वश्रेष्ठ प्राकृतिक किटनासक हो । यसका अलावा सूर्य–स्नान गर्दा शरीरमा प्रतिरक्षा प्रणलीलाई मजबुत पार्ने भिटामिन डी को संश्लेषण हुन्छ ।
९. रेशा र चोकर यूक्त खानेकुराः रेशा एवं चोकरले विजातीय द्रब्यहरूलाई शरीरबाट निष्काशन गर्नमा, पाचन प्रणालीलाई सफा गर्न र संक्रमणलाई निस्तेज गर्नमा मद्यत गर्दछ ।
१०. हप्ताको एकदिन उपवाशः उपवाशले प्रतिरक्षा प्रणालीलाई रिसेट गर्न मद्यत गर्दछ एवं उपवास पश्चात प्रतिरक्षा प्रणालीका कोषहरूको उत्पादनलाई पनि मद्यत गर्दछ ।
११. सकरात्मक सोचः महामारी फैलिँदा मान्छे रोगले भन्दा पनि डरले मर्ने गर्दछन । यस्तो बेलामा सकरात्मक हुदाँ समस्यासंग लड्न थप बल प्राप्त हुन्छ ।
१२. प्रकृति संगको सामिप्यता: प्रकृति संगको समिप्यताले प्रकृतिमा विद्यमान ब्याक्टेरिया, भाईरस, ढुसी एवं परजीवीहरूसंग प्रतिरक्षा प्रणलीको जम्काभेट भईरहने हुदा प्रतिरक्षा प्रणालीलाई चूस्त राख्न मद्यत गर्दछ ।
१३. धुमपान एवं मद्यपान त्याग: धूमपान एवं मद्यपानले प्रत्यक्ष रूपमा प्रतिरक्षा प्रणलीलाई निस्तेज गर्दछ ।
१४. चिनीको सेवन नगर्नेस् चिनी सेवनले मुखमा एवं शरीरमा हानीकारक ब्याक्टेरीयालाई आकर्षित गर्दछ । यी ब्याक्टेरिया भएको ठाउँमा भाईरस चाँडै आकर्षित हुन्छ र संक्रमण फैलन्छ।
१५. जंङ्कफूड, फाईडफूड, रिफाईण्डफूड प्रयोग नगर्नेः जंङ्कफूड, फाईडफूड, रिफाईण्डफूडमा विद्यमान हानीकारक केमीकलहरूले रगतमा प्रतिरक्षाका कोषहरूलाई निस्तेज बानाई दिन्छन।
यी विधिहरूको यथोचित प्रयोगले हाम्रो शरीरको रोग प्रतिरोधक क्षमता बढ्दछ । रोग प्रतिरोधक क्षमता मजबुत भएपछि रोगलाई सजिलै जित्न सकिन्छ ।
(लेखक कोइराला योगी नरहरिनाथ योग तथा प्रकृतिक चिकित्सालय भरतपुरका मेडिकल डाइरेक्टर हुनुहुन्छ ।)