काठमाडौं । आँखा हाम्रो शरीरको संबेदनशील अङ्ग मध्ये एक हो । जसलाई हामीले अत्याधिक ध्यान दिनु जरुरी हुन्छ । वायुमण्डलमा बढ्दै गएको प्रदूषण, विश्व तापमानमा आएको वृद्धि, अव्यस्थित सहरीकरण, बढ्दो फोहोरजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखापर्ने चिकित्सक बताउँछन् ।
संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका बेला आँखा पाक्ने, आँखा चिलाउने, आँखा रातो हुने, आँखा पोल्ने लगायतका समस्या देखिन्छन् ।
यी समस्याबाट बच्न के गर्ने? जानी राखौं
१. आँखामा जथाभावी औषधि नराख्ने
२. कचेरा आएमा आँखालाई हातले नछुने
३. आँखालाई हातले छोइहालेमा साबुन पानीले हात धुने
४. आँखामा धुलो पर्दा या चिलाउँदा रुमाल टिसियु पेपरको प्रयोग गर्ने, जसले गर्दा आँखामा किटाणु सर्ने सम्भावना कम हुन्छ ।
५. गर्मीमा बाहिर हिँड्दा चश्मा प्रयोग गर्ने। आँखा पोलेको छ भने चिसो बरफ या आइसले सेक्ने
७. आँखा सुक्खा भएमा चिकित्सले सिफारिस गरेका औषधि मात्र प्रयोग गर्ने
८. आँखा पोल्ने समस्या भएमा धुलो र घामबाट बच्ने
९. आँखा पखाल्दा सफा पानी मात्र प्रयोग गर्ने
१०.आँखा पाकेका व्यक्तिले प्रयोग गरेका रुमाल प्रयोग नगर्ने
गर्मी मौसममा के खाने के नखाने ? गर्मीमा स्वस्थ रहन जान्नै पर्ने कुराहरु
गर्मी महिना शुरु भएको छ । गर्मी महिनामा आफ्नो हात र शरिरका विभिन्न अंगको सफाईमा ध्यान दिनु पर्छ । गर्मी मौसममा डिहाइड्रेसन, भोक नलाग्नु र धेरै पसिना आउने कारण शरिरको तापक्रम साधारण हुँदैन र थुप्रै रोग लाग्न सक्ने सम्भावना हुन्छ, त्यसैले गर्मिमा आवश्यकता अनुसार कमसेकम ३ देखि ५ लिटरसम्म पानी पिउनै पर्छ । यो स्थितीबाट बच्नका लागि आफ्नो खानपिनमा विशेष ध्यान दिन आवश्यक छ ।