काठमाडौं । मानिसको शरीरमा टाउकोदेखी गोडासम्म छाला रहेको हुन्छ । अस्पतालमा उपचारका क्रममा आउने १०० जना बिरामीमध्ये २५ जनामा छालाको समस्या हुने गर्छ ।
मानिस दिनभर जस्तो काममा व्यस्त हुँदा धुलो धुँवा तथा पसिनाले छालालाई बिगारेको हुन्छ । साँझमा छालालाई नरम साबुन लगाएर पखालेमा छालामा रहेको किटाणु तथा ब्याक्टेरियाहरुले छालामा असर गर्दैनन् ।
गर्मीको समयमा झनै छालाको हेरचाह अरु समयभन्दा बढी गर्न जरुरी हुन्छ । गर्मी मौसममा छालामा बढी चिल्लोपनाको समस्या हुन्छ । गर्मीमा छालाको राम्रोसँग हेरचाह गर्न सकिएन भने चिल्लो छाला अझै चिल्लो र ड्राइ छाला झन् फुस्रो हुने समस्या हुन सक्छ।
छालाको स्याहारका लागि कुनै पनि कस्मेटिक प्रयोग गर्नु अगाडि चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ । जथाभाबी रुपमा प्रयोग गरिने औषधि तथा कस्मेटिकले छालालाई बिगार्छ । साथीभाईको कुरा सुनेर भन्दा पनि आफ्नो छालाको प्रकृति अनुसार औषधि तथा क्रिमको छनौट गर्नुपर्ने हुन्छ ।
छालाको सौन्दर्यता बढाउनका लागि खानेकुराको पनि महत्वपूर्ण हुन्छ । असन्तुलित खानपानले हाम्रो छाला तथा दिमागलाई असर पुग्ने गर्छ । प्रशस्त मात्रामा सागपात,सलाद तथा फलफुलको सेवन गर्नोले छालाको सौन्दर्यतालाई बढाउन सकिन्छ ।
छालाको सौन्दर्यता बढाउनका लागि दैनिक रुपमा प्रशस्त मात्रामा पानी पिउनु पनि त्यतिकै महत्वपूर्ण हुन्छ । बढी घाम छालाका लागि हानिकारक मानिन्छ । आवश्यक भन्दा बढी मात्रामा घाममा बस्नाले छालामा चाउरीपना बढ्ने गर्छ । बढी घामले उमेर अगावै बुढ्यौलीले छुने गर्छ । बढी मात्रामा तनावपूर्ण जीवनशैलीको नकारात्मक असर पनि छालामा पर्ने गर्छ । तनावपूर्ण जीवनशैलीले छालामा छालाको चमकमा ह्रास आउँछ ।
अनुहारमा बिहान प्रयोग गरिएको कस्मेटिकलाई साँझ पखालेर मात्रै सुत्नुपर्ने हुन्छ । सधै नेल पोलिसको प्रयोग गर्दो पनि त्यसले छालालाई असर गरिरहेको हुन्छ ।
मेकअप गर्दो सबैभन्दा पहिला सन् क्रिम लगाएर मात्रै मेकअप गर्नुपर्ने हुन्छ । छालामा समस्या हुनेले प्रत्येक ३/ ४ घन्टाको अन्तरालमा सन् क्रिम फेरिरहनुपर्ने हुन्छ । त्यस्तै छालासम्बन्धि जुनुसुकै समस्याका लागि छालासम्बन्धि डाक्टरको परामर्श लिनुपर्ने हुन्छ । चिकित्सकसँग कुनै पनि समस्या नरोकी राखेको खण्डमा समयमै थोरै पैसाले छालासम्बन्धि रोगबाट छुटकारा पाउन सकिन्छ ।