काठमाडौं। चैत शुक्ल पूर्णिमाको दिन काठमाडौं- १६ बालाजु स्थित बाईसधारा उद्यानमा लाग्ने बाईसधारा मेलामा ६५ जनाले रक्तदान गरेका छ्न।
तारकेश्वर- ११ नेपालटारस्थित गोल्डेन अर्थ बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कुन) र ब्लड डोनर्श एशोसिएसन नेपाल (ब्लोदान) को संयोजनमा शनिबार मेलास्थलमै सम्पन्न रक्तदान कार्यक्रममा संस्थाहरुप्रती आबद्द र मेलामा उपस्थित तिर्थालु गरी ६५ जनाले रक्तदान गरेको आयोजक संस्थाका उपाध्यक्ष सन्तोष ढुङ्गानाले बताए।
कार्यक्रममा ब्लड डोनर्श एशोसिएसन नेपाल (ब्लोदान) का केन्द्रिय अध्यक्ष इ.सानुबाबु प्रजापति, नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेल, ब्लोदान काठमाडौं जिल्ला अध्यक्ष जनक कुमार खड्का, ब्लोदान जिल्ला सदस्य सिता न्यैापाने, ब्लोदान काठमाडौं मध्य क्षेत्र अध्यक्ष राम बहादुर ठकुरी, ब्लोदान तारकेश्वोर नगर सचिब हरिकृष्ण खत्री, कास्कुन गोङ्गबु शाखा प्रमुख कल्पना पाठक लगायतको उपस्थिति रहेको थियो।
सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरु योजनाबद्ध तबरले आयोजना गर्न सहकारीले देबेन्द्र महर्जनको संयोजकत्वमा सामाजिक उत्तरदायित्व उप-समिति गठन गरेर काम गरिरहेको आयोजक संस्थाका अध्यक्ष कबिन्द्र रिमालले बताए। उप- समिति संयोजक महर्जनका अनुसार संस्थाले यो बर्ष ५ वटा रक्तदान कार्यक्रम गर्ने नीति तय गरेको छ।
साथै मेलामा हजारौंले बाईसधारामा स्थान,जलसेचन र मन्दिरको दर्शन गरेका छ्न। मल्लकालीन राजा जयप्रकाश मल्लले बालाजुमा २१ धारा निर्माण गराएका थिए। पछि अर्का राजा जयस्थिति मल्लले एउटा धारा थपेर २२ पुर्याएका हुन। चैत शुक्ल पूणिर्मामा बाईसधारामा स्नान गरेमा पुण्य प्राप्ती हुने र लुतो, खटिरा जस्ता रोग हराउने विश्वास छ। नेवार समुदायले ल्हुती पुन्हीको रुपमा मनाउने सो जात्रा कोरोना संक्रमणका कारण अघिल्ला बर्षहरुमा रोकिएको थियो।