एजेन्सी । गर्भावस्थामा यौन सम्बन्ध राख्न हुन्छ ? प्राय दम्पतीबीच उठ्ने प्रश्न हो यो । भनाई के छ भने, गर्भावस्थामा यौन सम्बन्ध राख्दा गर्भको बच्चालाई असर गर्न सक्छ ।
तर, चिकित्सकको भनाई फरक छ । उनीहरु भन्छन्न, ‘गर्भावस्था सामान्यरुपमा चलिरहेको छ भने यौनसम्बन्ध राख्न कुनै जोखिम हुँदैन ।’ गर्भवती महिलाको पानीको थैली फुट्दासम्म यौनसम्पर्क राख्दा मिल्ने चिकित्सकको भनाई छ ।
असामान्य गर्भ भएमा, संवेदनशिल अवस्थामा भने यौन सम्बन्ध सुरक्षित मानिदैन । त्यसले जोखिम निम्त्याउन सक्छ । रक्तश्रावको समस्या भएका पनि चिकित्सकसँग परामर्श लिनुपर्ने हुन्छ ।
एउटा सामान्य गर्भावस्थामा यौन समपर्कलाई प्रारम्भिक चरणमा गर्भपात वा योनीको संक्रमणको कारण मानिदैन ।
योनीको संक्रमण भयो भने पनि चिन्तित हुनु पर्दैन ।यौन सम्पर्कले संक्रमणको एन्टिबायोटिक उपचारमा कुनै वाधा गर्दैन । संक्रमणका बाबजुद यौनका कारण शिशुले समयभन्दा अगाडि जन्म लिने सम्भावना अत्यन्तै न्यून रहन्छ । अध्ययनबाट पत्ता लागेको छ कि सामान्य वा स्वस्थ गर्भावस्थामा सम्भोग र समयभन्दा अगाडि शिशुको जन्मबिच कुनै सम्बन्ध हुँदैन ।
त्यसो त जो महिला गर्भावस्थाका दौरान नियमितरुपमा सम्भोग गर्छिन्, उनले शिशुलाई समयभन्दा अगाडि जन्म दिने सम्भावना न्यून बन्ने पनि बताइन्छ । पतीले माथिबाट श्रीमतीलाई सामान्य धक्का दिँदा पनि बच्चालाई कुनै असर गर्दैन किनकि गर्भाशयको मजबुत मांसपेशीले शिशुको रक्षा गर्छ ।
चरमोत्कर्षपश्चात महिलालाई बच्चा अलि धेरै हलचल गरेको महसुस हुन सक्छ । यो तीव्ररुपमा मुटु धड्किएका कारण भएको हो न कि बच्चालाई कुनै असुविधा भएको ।
यस्तो अवस्थमा यौन सम्बन्ध नराख्ने राम्रो
डाक्टरले कुनै कुनै अवस्थामा गर्भवती महिलालाई यौन सम्पर्क नगर्ने सल्लाह पनि दिन सक्छन् ।
– रक्तस्राव
– पेट दुखाई वा ऐठन
– पानीको थैली फाट्नु
– ग्रीभाको कमजोरी
– प्लेसेन्टा प्रिविया तल अवस्थित हुनु
यदि श्रीमानलाई जनन्द्रिय दाद (जेनिटल हर्पिस) छ भने पनि यौन सम्बन्ध नगर्ने सल्लाह चिकित्सकले दिन सक्छन् । यदि महिलालाई गर्भावस्थाको दौरान पहिलोपटक जेनिटल हर्पिस भयो भने यसले गर्भमा बढिरहेको शिशु प्रभावित बन्ने थोरै जोखिम हुन्छ।