डा. रविन्द्र पाण्डे (जनस्वास्थ्यविज्ञ)
काठमाडौं । विश्वको नम्बर १ प्रदूषित काठमाडौंमा अहिले देखिएको घातक प्रभाव कम गर्न सरकार तथा नागरिकले होस्टेमा हैंसे गरौँ!
-कुनै पनि वस्तु जलाउने काम बन्द गरौँ ।
-ग्यासको प्रयोग कम गरौँ ।
-प्रयोग नभएको बेला विद्युत् बन्द गरौँ ।
-एसीको साटो पंखा प्रयोग गरौँ ।
-सबैले सवारीसाधन सकभर प्रयोग घटाऔं ।
-दाउरा, गुइँठा आदि नबालौं ।
-बार्बिक्युलगायत धुँवा आउने काम नगरौं ।
-स्कुल/कलेज एक साता बन्द गरौँ ।
-यातायातमा जोरबिजोर प्रणाली लागु गरौँ ।
-प्लास्टिक कडाइका साथ नियन्त्रण गरौँ ।
-बगैंचा आदिमा ब्लोअर लगायतका ग्यास पाउडर प्रयोग नगरौं ।
-अत्यावश्यक काम बाहेक घरमै बसौं ।
-दीर्घबिरामी तथा जेष्ठ नागरिक अनिबार्य रुपमा घरभित्र बसौं |
-घरबाहिर जाँदा डबल मास्क प्रयोग गरौँ ।
-चुरोट / हुक्का सेवन नगरौं ।
-ग्यास स्टोभको प्रयोग नगरौं ।
-कुनै एलर्जी देखिएमा (आँखा चिलाउने/पोल्ने, छालामा चिलाउने, सास फेर्न गाह्रो हुने भएमा नजिकको स्वास्थ्य संस्थामा जाऔं ।
प्रदूषित हावामा भएका माइक्रो पार्टिकल फोक्सो तथा रक्ताप्रबाहमा जान सक्छन् । जसले गर्दा केहि समयपछि गम्भीर असर देखिन सक्छ ।
प्रदूषणको कारण काठमाडौंमा आँखा पोल्ने, रुघा लाग्ने, खोकी लाग्ने, छाला चिलाउने लगायतका लक्षण अल्पकालीन रुपमा देखिन्छन् भने मुटु, फोक्सो तथा मस्तिष्कमा हुने खराब असर दीर्घकालमा देखिन सक्छ ।
नेपाल सरकारले वायुप्रदूषण Air Quality Index ३०० भन्दा माथि पुगेमा १ बर्षको लागि आपतकालीन अवस्था घोषणा गर्नसक्दछ । गत साल दिल्लीमा प्रदूषण बढेपछि जनस्वास्थ्य संकटकाल लगाइएको थियो भने आम नागरिकलाई मास्क वितरण गरेको थियो । त्यस्तै बेइजिंगमा बार्बिक्यु समेत गर्न नपाइने लगायतका कडा नियम जारी गरेको थियो ।
Air Quality Index ३०० भन्दा माथि पुगेमा जनस्वास्थ्य संकटकाल लगाउने ब्यबस्था भएकोमा हिंजो काठमाडौंको Air Quality Index ४८७ पुगेको अनलाइन खबरले जनाएको छ । कोरोना संक्रमणको लागि वायु प्रदूषण, फोक्सोको समस्या तथा जेष्ठ उमेर बढी जोखिम मानिन्छ । यो खालको प्रदूषण नियन्त्रण नगरेमा कोरोना संक्रमितहरुलाई थप जोखिम हुनसक्छ ।
तत्काल प्रदूषण नियन्त्रण गर्नको लागि सरकारले केहि दिन गाडी जोरबिजोर चलाउने, मालबाहक ट्रकलाई चेक गरेर तथा सफा गरेर मात्र सहरमा प्रवेश गर्न दिने, मापसे चेक गरेजस्तै धुँवा फ्याँक्ने गाडीलाई चेक गरेर मर्मत सम्भार गर्न लगाउने, स्थानीय निकायसंग समन्वय गरेर धुलो हटाउने अभियान सञ्चालन गर्ने, हरियाली प्रबर्धन गर्ने लगायतका काम गर्नुपर्दछ ।
प्रदूषणको समयमा आम नागरिक सकभर घरमा बस्ने, घरबाहिर निस्कँदा गुणस्तरीय मास्क लगाउने तथा जोखिम बर्गलाई बिशेष ख्याल गर्नुपर्ने हुन्छ । स्मरणीय छ, वायु प्रदूषणले फोक्सो, मुटु तथा मस्तिष्कलाई गम्भीर असर गर्दछ भने क्यान्सर, मनोरोग आदिको पनि कारक तत्त्व हो ।