काठमाडौं । हामीले सधैं सुनिरहेको कुरा हो– हामी पर्याप्त पानी पिइरहेका छैनौं । राम्रैसँग थाहा छ कि हामीले पर्याप्त मात्रामा पानी पिउनुपर्छ, तर पनि अनेक कुरामा अल्झेर हामी पानी पिउनुलाई हाम्रो दैनिकीको प्राथमिकतामा पार्न असफल हुन्छौं । यसको परिणाम हामी आफ्नो शरीरमा विभिन्न परिवर्तन आइरहेको अनुभव गर्न थाल्छौं।
एउटा वयस्क औसत मानव शरीर ५५ देखि ६० प्रतिशत पानीले बनेको हुन्छ । यसले मानव शरीरमा पानीको कति महत्व छ भन्ने दर्शाउँछ । त्यसैले हाम्रा सवारीसाधनले मोबिल वा तेल सकिएपछि देखाउने लक्षण जस्तै पानीको कमी हुनासाथ हाम्रो शरीरले पनि त्यस्ता लक्षण देखाउन थाल्छ । यस्ता लक्षण देखिएपछि हामीले शरीरमा तरल पदार्थ खासगरी पानीको आवश्यक मात्रा पूर्ति गर्न दैनिक पर्याप्त पानी पिउन जरुरी छ । शरीरमा आवश्यक पानीको मात्रा पुगेरनपुगेको कसरी थाहा पाउने ? तलका लक्षण देखिएमा तपाईंको शरीरमा पानीको मात्रा कम भयो भनेर बुझे हुन्छ ।
छाला सुख्खा हुनु, लोसनले पनि काम नगर्नु
ऋतुअनुसार हाम्रो छालामा परिवर्तन आउनु सामान्य हो । जाडोमा हाम्रो छाला सुख्खा र निर्जीवजस्तै हुन्छ । छाला सुख्खा हुँदा यसमा सिबम ९छालामा रहेको ग्रन्थीबाट निस्कने चिल्लो पदार्थ० को कमी हुन्छ र यस्तो अवस्थामा छालाको चिल्लोपना कायम राख्न पर्याप्त मात्रामा मोस्चराइजर लगाउनु पर्छ।
यसबाहेक अरु बेला मोस्चराइर लगाइरहँदा पनि तपाईंको छाला सुख्खा हुन्छ र फुट्छ भने तन्तनी पानी खानु भए हुन्छ । जब पानीको कमी भएपछि छालाले स्वाभाविक चमकरसौन्दर्य गुमाउँछ, त्यसबेला छालालाई सबैभन्दा बढी पानी नै चाहिन्छ ।
मुख सुक्नु र धेरै तिर्खा लाग्नु
कतिपयले ख्याल नगर्ने तर शरीरमा पानी कम भएको अर्को लक्षण हो, मुख तथा जिब्रो सुख्खा हुनु र टाँसिनु । साथै यसको अर्को लक्षण धेरै तिर्खा लाग्नु । दुवै अवस्थामा शरीरमा पानीको कमी पूरा गर्न पानी खाइहाल्नुहोस् (किनभने मुख मरुभूमिजस्तो सुख्खा भयो भने मुख नराम्ररी गन्हाउँछ) ।
यो लक्षण उल्लेख गर्नु किन पनि आवश्यक छ भने मुख सुक्नु र धेरै तिर्खा लाग्नु अर्को कुनै गम्भीर रोगको लक्षण पनि हुनसक्छ । केही दिन पर्याप्त पानी पिउँदा पनि यी लक्षण कायम रहे चिकित्सकसँग परामर्श गर्नु उपयुक्त हुन्छ ।
टाउको दुख्नु
टाउको दुख्नु शरीरमा पानीको मात्रा कम भएको अर्को लक्षण हो। चड्किएर दुखेको टाउको मिनेटैपिच्छ झन् झन् फुट्ला जस्तो गरि बढ्छ भने पानीको कमी भएको बुझ्नु पर्छ । यस्तो बेला एकाग्र हुन नसक्ने र धैर्य गुम्दै जान्छ । पर्याप्त पानी पिए यी समस्या हट्ने मात्र होइन उपचार नै हुन्छ ।
नेस्नल हेडेक फाउन्डेसन ९एनएचएफ०का अनुसार टाउको दुखाइ कुनै व्यक्तिको शरीरमा पानीको मात्रा कम भइरहेको सामान्य लक्षण हो । साँच्चै भन्ने हो भने शरीरमा पानीको कमीले माइग्रेन निम्त्याउँछ । एनएचएफको सुझाव छ– टाउको दुखेका बेला पानीमात्र खाने र गुलिया वा नुनिला खानेकुरा नखाने । किनभने यी खानेकुराले पानीको कमी अझ बढाउँछन्।
सधैं थकित
दैनिक रुपमा नियमित र पर्याप्त सुताइ (निद्रा) सुनिश्चित गर्नुहोस् । सधैं नियमित रुपमा पर्याप्त सुते पनि तपाईं जतिबेला पनि थकित वा अल्छी महसुस गर्नु हुन्छ भने शरीरमा पानीको कमी हुनसक्छ।
थकाइले तपाईंका चेतना र एकाग्रतामा असर पार्न सक्छ । थकाइले शरीर आलस्य र असावधान बनाउने भएकाले दुर्घटनाको जोखिम पनि बढ्छ । तर दिनभर बढी मात्रामा पानी पिएर यस्तो अवस्था सुधार गर्न सकिन्छ।
शरीरको वजन बढ्नु
तपाईं पत्याउनुहोस् नपत्याउनुहोस्, कम्मरको बढ्दो मोटाइले तपाईं पर्याप्त मात्रामा पानी खाइरहनु भएको छैन भन्ने बताउँछ । विभिन्न अध्ययनले दिनमा कम्तीमा पनि ५ सय मिलिलिटर (आधा लिटर) पानी खाँदा पनि यसले पाचन क्रिया ३० प्रतिशत बढाउने देखाएका छन् । र, यसमा कुनै आश्चर्य मान्नु पर्दैन । त्यसैले अधिकांश स्वास्थ्य तथा पोषणविदहरूले शरीरको उपयुक्त वजन बढ्न नदिन वा वजन घटाउन पानीको मात्रा बढाउने सल्लाह दिन्छन् ।