काठमाडौं । तपाईंको उमेर बढ्दै जाँदा बुढो देखिनु स्वभाविक हो। यो एक यस्तो प्राकृतिक प्रक्रिया हो जसलाई तपाईं रोक्न सक्नुहुन्न। तर, वर्तमान समयमा अधिकांश मानिसमा समयअघि बुढो हुने अर्थात ‘प्रि-मेच्युर एजिङ’को समस्या देखा परिरहेको छ।
जवानीमै अनुहारमा चाउरी पर्नु, छिट्टै थकित हुनु, तौल उठाउन गाह्रो हुनु, कपाल झर्नु र कपाल सेतो हुन थाल्नु बुढो देखाउने लक्षण हुन्। तर, के तपाईंले कहिल्यै जान्न कोसिस गर्नुभएको छ कि समय भन्दा पहिले बुढ्यौली हुनुको पछाडि के कारणहरू छन् वा यसको लागि के कारकहरू जिम्मेवार छन्
छाला रोग विशेषज्ञहरु समयअगावै बुढ्यौली देखिने गरेका समस्याहरु अहिले बढ्दै गएको बताउँछन्। उनीहरुका अनुसार समयभन्दा पहिले बुढ्यौली हुनुमा हाम्रा जीवनशैलीका धेरै कारणहरु हुन्छन्। जसअन्तर्गत केही कारणहरु निम्न छन्
लामो समय सूर्यको प्रकाशमा बस्नु – सूर्यको किरणबाट आउने पराबैजनी किरणहरूले तपाईंको छालालाई धेरै तरिकामा क्षति पुर्याउँछ। यही कारण छाला विशेषज्ञहरूले घरबाट बाहिर निस्कँदा सनस्क्रिन लगाउन सुझाव दिन्छन्।
मदिरा र चुरोटको सेवन – हामीमध्ये धेरैलाई थाहा छैन कि जब हामी रक्सी पिउँछौं र लगातार धुम्रपान गर्छौं यसको प्रत्यक्ष प्रभाव छालामा देखिन्छ भन्ने। तसर्थ मदिरा र चुरोटको सेवन गर्ने मानिसमा चाँडै बुढ्यौलिपना देखिन्छ।
अत्याधिक तनाव – तनावले समग्र स्वास्थ्यमा गम्भीर असर पार्छ। यति मात्र होइन, समयभन्दा पहिले देखिने बुढ्यौलीमा पनि तनावले महत्त्वपूर्ण भूमिका खेल्छ।
चिनीको अत्याधिक सेवन – तपाईंले जे खानु हुन्छ त्यसको प्रभाव तपाईंको छालामा पर्छ। चिनीको अत्याधिक उपभोगले समयअगावै बुढ्यौली ल्याउँछ।
प्रदुषणमा धेरै समय रहनु – प्रदूषणले तपाईंको छालाको प्राकृतिक चमक हटाउँछ। यसका साथै यसले छालासँग सम्बन्धित धेरै समस्यामा पनि निम्त्याउँछ। यसले चाँडै बुढो देखाउँछ।
कुनै रोगबाट पीडित हुनु – यदि तपाईं पहिले नै कुनै स्वास्थ्य समस्या वा रोगबाट ग्रसित हुनुहुन्छ भने यसले समयपूर्व बुढ्यौली देखाउन पनि योगदान पुर्याउन सक्छ।
गतिहीन जीवनशैली – शारीरिक रूपमा सक्रिय हुनुका फाइदा कतिछन् कति। तर जब तपाईं व्यायाम, हिँड्ने वा दौडजस्ता सामान्य गतिविधिहरू गर्नुहुन्न भने यसले समयअगावै बुढ्यौली निम्त्याउँछ।
जंक र प्रशोधित खानाको अत्याधिक खपत – अस्वस्थकर खानेकुराहरू जस्तै जंक फूडहरू र प्रशोधित खानाहरूले रोग मात्र नभईं तपाईंलाई थप सुस्त पनि बनाउँछ। जसले तपाईंको बुढ्यौली प्रक्रियालाई पनि असर गर्छ।
अपर्याप्त निद्रा – हरेक दिन कम्तिमा ६ देखि ८ घण्टा सुत्नुपर्छ। निद्राको कमीको प्रत्यक्ष असर तपाईंको छालामा देखिन्छ। जसका कारण तपाईं बुढो देखिनुहुन्छ।
छालाको हेरचाह नगर्नु – आफ्नो छालाको हेरचाह गर्नु महत्त्वपूर्ण कुरा हो। यदि तपाईंले यसो गर्नुभएन भने यसले तपाईंलाई समयभन्दा पहिले नै बुढो बनाउन सक्छ। त्यसैले छालाको हेरचाहमा विशेष ध्यान दिनुस्।