काठमाडौं । दिनमा कति खाने कतिपटक खाने तथा कस्ता खानेकुरा खाने भन्नेबारे हामीमध्ये धेरै नै अभ्यस्त रहेका छौं । जबकी प्राण धान्नका लागि खाना आवश्यक हुन्छ । खाना ति सबै स्रोत हुन्, जसले शरीरलाई आवश्यक पोषण तत्व प्राप्त गरिन्छ । तर, खानपानबारे हामी उस्तो जानकारी लिने गर्दैनौं ।
खानपान सम्बन्धी राम्रो ज्ञान भएमा मात्र हामीले त्यसको सही सदुपयोग गर्न सक्छौं । किनभने एउटै खानामा सबै किसिमको पोषक तत्व पाइदैन । सामान्यतया हामी दिनमा तीन पटक खाने गर्छौ, बिहान, दिउसो र बेलुकी । बिहान र बेलुकी खाना खाइन्छ भने दिउँसो खाजा ।
तर डाइटिङको चक्करमा केही व्यक्तिहरु बेलुका खाना खाँदैनन् । यसबाट उनीहरु वजन कम गर्न त सफल हुन्छन्, तर यसले दिर्घकालमा स्वास्थ्यलाई हानी पुर्याउन सक्ने विज्ञहरुको कथन छ । केही विज्ञहरुको मान्यता छ कि दिनमा तीनपटक खाने गर्दा स्वास्थ्य राम्रो रहन्छ । यो भन्दा बढी खाँदा पेटले पचाउन नसक्ने र स्वास्थ्य बिग्रिने गर्छ।
स्वास्थ्यसम्वन्धी विज्ञहरुका अनुसार दिनभरी थोरै थोरै खानेकुरा खाइरहनु स्वास्थ्यका लागि हितकर हुन्छ । तर, धेरै खायो भने त्यसले फाइदाको साटो हानी गर्छ । पटक-पटक गरेर थोरै-थोरै खानेकुरा खाँदा शरीरमा फ्याट जम्मा हुन पाउँदैन किनकी शरीरको फ्याट बर्न गर्ने क्षमता बढ्छ ।
यसबाट ब्लड सुगरको लेभल पनि नियन्त्रणमा रहन्छ र दिनभर शरीरमा उर्जा प्रवाह हुन्छ । यो पनि ध्यानमा राखनु पर्छ कि खाना बिस्तारै र राम्ररी चपाएर खाँदा सबै पोषक तत्व शरीरले ग्रहण गर्न सक्छ र खाना सजिलै पच्छ पनि ।