मुख तथा दाँतलाई स्वस्थ राख्नका लागि बिहान र बेलुका गरी दिनको दुई पटक ब्रस गर्नुपर्ने हुन्छ । साँझ तथा बिहान उठ्नेबितिकै ब्रस गर्ने हामीमध्ये धेरैको बानी हुनसक्छ। साँझ ब्रस गर्नु राम्रो भएतापनि बिहान उठ्नेबितिकै ब्रस गर्नु भने राम्रो होइन ।
बिहानको खानापछि तथा बेलुकाको खानापछि ब्रस गर्नुपर्ने हुन्छ। यसो गरेको खण्डमा दाँत तथा गिजामा समस्या आउन सक्छ । दाँतमा किरा लाग्ने तथा अन्य प्रणालीलाई पनि असर पुग्ने गर्छ।
दिनको दुईपटक ब्रस गरेर मात्रै दाँतलाई स्वस्थ राख्न सकिदैंन। दाँत तथा मुखलाई स्वस्थ राख्नका लागि प्रत्येक ६ ६ महिनामा दन्त चिकित्सलाई दाँतको परीक्षण समेत गराउनुपर्ने हुन्छ।
सुरुकै अवस्थामा उपचार गरेको खण्डमा सस्तो तथा सजिलो उपचार हुन्छ ।यदि उपचारमा ढिलाई भएको खण्डमा भने आरसिटी समेत गर्नुपर्ने हुन्छ।
धेरै नै किराले खाइसकेको तथा दाँत नै झरेको अवस्थामा भने आरसिटी विधीबाट पनि उपचार सम्भव हुँदैंन। यस्तो अवस्थामा दाँतलाई उखेलेर नै फाल्नुपर्ने हुन्छ। पछि हुँदै जाँदा उपचारमा समस्या आउने गर्छ।
बच्चालाई दाँत बिहान र बेलुका नियमित रुपमा दाँत माझ्ने बानी बसाल्नुपर्छ । यदि सुरुमा आएको दाँत बिग्रेर उखेलेर फाल्नुपर्ने अवस्था आएमा बांगोटिंगो दाँत आउने सम्भावना बढी हुन्छ। यसरी बच्चाको दाँतलाई उखेलेर फाल्दा गिजा पातलो हुने कारण आफ्नो ठाउँबाट नभई अन्यत्रबाटै दाँत आउने गर्छ। जसकारण दाँत बांगोटिंगो आउने गर्छ।
दाँतमा किन समस्या आउँछ ?
बांगोटिंगो दाँतलाई समयमा नै उपचार गर्न नसकेको खण्डमा दाँतहरु खिइँदै जाने गर्छ। त्यस्तै ब्रस गर्दाे दाँतलाई धेरै घोट्नु, छिटै ब्रस गर्नु,एकदमै कडा खालको ब्रसहरु प्रयोग, जुन पायो त्यही पेष्टको प्रयोग जस्ता कारणहरुले दाँतमा विभिन्न प्रकारका समस्याहरु देखा पर्छन्। पेस्टको छनौट गर्दाे फ्लोराइटयुक्त टुथ पेस्टको छनोट गर्नुपर्ने हुन्छ। ब्रस गर्दाे तीन देखी पाँच मिनेटसम्म ब्रस गनुृपर्ने हुन्छ। एक पटक ब्रस गर्दाे २ देखी ३ वटा दाँतलाई घुमाउँदै घुमाउँदै ब्रस गर्नुपर्ने हुन्छ।
दाँतको बीचमा खाना जम्ने भएकोले साताको दुई तीन पटकसम्म डेन्टल फल्स गर्नुपर्ने हुन्छ। त्यस्तै सास गन्हाउने समस्या हटाउन ६/६ महिनामा स्केलि गराउनुपर्ने हुन्छ । ब्रसले ननिकाल्ने फोहोरहरु यो विधिद्वारा निकाल्न सकिनछ ।
दिनको दुईपटक ब्रस गरेर मात्रै दाँतलाई स्वस्थ राख्न सकिदैंन। दाँत तथा मुखलाई स्वस्थ राख्नका लागि प्रत्येक ६/६ महिनामा दन्त चिकित्सलाई दाँतको परीक्षण गराउनुपर्छ।