एजेन्सी । कटहरलाई अङ्ग्रेजीमा ज्याकफ्रुटको नामले चिनिन्छ।काँचोमा तरकारीको रुपमा पकाएर खान सकिने तथा पाकेपछि सोझै मीठो फलको रुपमा यसलाई खान सकिन्छ । खाँदा मीठो हुनुका साथै कटहरमा पर्याप्त मात्रामा पोषक तत्वहरू पाइन्छ। कटहरको नियमित सेवनले शरीरमाई विभिन्न तरिकाले फाइदा पुग्छ।
यस्ता छन् नियमित कटहर खानुका फाइदाः
मधुमेह नियन्त्रणः रगतमा चिनीको स्तर उच्च हुने कारण मधुमेह रोगमा कटहर निकै फाइदाजनक मानिन्छ। यसमा पाइने फाइबरले शरीरमा ग्लुकोज र इन्सुलिनको उत्सर्जनलाई कम गर्छ र भोक नियन्त्रण गर्न मद्दत गर्छ। जसको फलस्वरूप, मधुमेह रोगीहरूको चिनीको स्तर नियन्त्रणमा रहन्छ।
बलियो प्रतिरक्षा प्रणालीः मौसम परिवर्तनसँगै धेरै मौसमी रोगहरूको जोखिम बढी हुन्छ। यी मौसमी सङ्क्रमण र रोगहरूबाट जोगाउन कटहर धेरै प्रभावकारी हुन्छ । यसमा पाइने फाइबर, पोटासियम, आइरन, म्याग्नेसियम, जिङ्क र फस्फोरस लगायत भिटामिन-ए, सी, बी जस्ता पोषक तत्वहरूले रोगसँग लड्न प्रतिरक्षा प्रणालीलाई बढाउँछ।
निद्रामा फाइदाजनक
अनिद्रा जस्ता निद्राको समस्यामा पनि पाकेको कटहर फाइदाजनक हुनसक्छ भन्ने कुरा धेरैलाई थाहा छैन। यसमा पाइने म्याग्नेसियमले शरीरमा न्यूरोट्रान्समिटरको स्तरलाई नियन्त्रण गर्ने काम गर्छ। यसले स्नायुहरूलाई आराम प्राप्त हुने हुदा सुत्न सहज हुन्छ। नियमित रूपमा यसको सेवनले सुत्ने चक्रलाई सुधार गर्न सकिन्छ।
बलियो हड्डी
हड्डी बलियो र स्वस्थ रहनको लागि सबैभन्दा आवश्यक तत्व क्याल्सियम हो। कटहर क्याल्सियमको पनि राम्रो स्रोत हो । यसमा भिटामिन-सी र म्याग्नेसियम पनि पाइन्छ, जसले हड्डीलाई बलियो बनाउनका लागि क्याल्सियम अवशोषित गर्न मद्दत गर्छ ।
तौल घट्ने
कम क्यालोरी र डाइटरी फाइबरले भरपूर कटहरले पाचन प्रणालीलाई स्वस्थ राख्न काम गर्छ। यसको सेवनले कैयौँ घण्टासम्म भोक पनि लाग्दैन अर्थात् हामी अघाउने गर्छौं।
कटहरको सेवनले मेटाबोलिक रेट पनि बढ्छ जुन तौल घटाउनको लागि धेरै प्रभावकारी हुन्छ। पाचन प्रणालीलाई सही ढङ्गले काम गर्दा कब्जियतलगायत पाचनप्रणाली सम्बन्धी समस्या हुनबाट जोगाउँछ।