काठमाडौं - रेटिनोब्लास्टोमा पाँच वर्ष मुनिका बालबालिकाहरुमा हुने एक प्रकारको आँखाको क्यान्सर हो । यो क्यान्सर आखाँको भित्री भाग बाट पलाउने र अन्तत आँखाको पूर्ण भागना फैलिएर अन्धोपन निम्त्याउन सक्दछ । साथै उपचार ढिलो भएमा शरिरको अन्य भागमा पनि फैलिएर ज्यान समेत जान सक्दछ । यो क्यान्सर २० हजार नवजात शिशु मध्ये १ जनामा देखा पर्दछ । यस रोगको बच्चाहरुको एक वा दुबै आँखा प्रभावित पार्ने सक्दछ । तर धेरैजसो बालबालिकालाई एउटा मात्र आँखामा असर पारेको तथ्याङ्कमा देखिएको छ ।
प्रारभ्भिक अवस्थामा घरमै यसरी गर्न सकिन्छ रोगको पहिचान
डिजिटल क्यामेरा/मोबाइलले अँध्यारो कोठामा बच्चाको मुहारको फोटो खिच्न सकिन्छ । आँखाको नानीमा रातो देख्नु सामान्य हो,रातो नदेखिएर सेतो देखिएको खण्डमा समयमा नै डाक्टरको परामर्श लिन जानुपर्छ ।
रोग लाग्ने सम्भावना भएका व्यक्तिहरु
रेटिनोब्लास्टोमा । रोगले असर गरेका बाबुआमाका बालबालिकाहरुलाई यो रोग लाग्ने सम्भावना बढी हुन्छ ।
५ वर्ष मुनिका बालबालिकाहरुमा यो रोग देखा पर्न सक्दछ ।
एउटा बच्चामा रटिनोब्लास्टोमा भएमा दोश्रो बच्चामा हुने सम्भावना कति हुन्छ ?
बच्चाको परिवारमा पहिला कसैलाई रेटिनोब्लास्टोमा भएको छ भने दोश्रो बच्चामा हुने सम्भावना ४०प्रतिशत हुन्छ ।
बच्चाको परिवारमा पहिला कसैलाई रटिनोब्लास्टोमा भएको छैन तर उसको एउटा आँखामा रेटिनोब्लास्टोमा छ भने दोश्रो बच्चामा रटिनोब्लास्टोमा हुने सम्भावना १ प्रतिबत हुन्छ ।
बच्चाको परिवारमा पहिला कसैलाई रटिनोब्लास्टोमा भएको छैन तर उसको दुबै आँखामा रटिनोब्लास्टोमा भएको छ भने दोश्रो बच्चामा रटिनोब्लास्टोमा हुने सम्भावना ८ प्रतिशत हुन्छ ।
रटिनोब्लास्टोमा भएको व्यक्तिको छोरा छोरीमा रटिनोब्लास्टोमा हसने सम्भावना कति हुन्छ ?
परिवारमा पहिला कसैलाई रटिनोब्लास्टोमा भएको छ भने बच्चामा पनि रटिनोब्लास्टोमा हुने सम्भावना ४० प्रतिशत हुन्छ ।
उसको परिवारमा पहिला कसैलाई रटिनोब्लास्टोमा भएको छैन भने तर उसको एउटा आँखामा रटिनोब्लास्टोमा छ भने उसको बच्चमा रटिनोब्लास्टोमा हुने सम्भावना ८ प्रतिशत हुन्छ ।
उसको परिवारमा पहिला कसैलाई रटिनोब्लास्टोमा भएको छैन भने तर उसको दुबै आँखामा रटिनोब्लास्टोमा छ भने उसको बच्चामा रटिनोब्लास्टोमा हुने सम्भावना ४० प्रतिशत हुन्छ ।
रटिनोब्लास्टोमा रोग कसरी पत्ता लगाउन सकिन्छ ?
आँखा रोग बिशेषज्ञद्धारा आँखा९पर्दाको जाँच गरी यो रोग पत्ता लगाउन सकिन्छ ।
यो रोग पत्ता लगाउन अरु केकस्ता थप परिक्षणहरु गरीन्छरु
आँखाको अल्ट्रासाउण्ड, आँखा तथा मस्तिष्कको CT Scan ,MRI आदि ।
रटिनोब्लास्टोमाको उपचार कसरी गर्ने ?
लेजर, क्रायोथेरापी, केमोथेरापी तथा शल्यत्रिलया आदि यो रोगको प्रमुख उपचार पद्धतिमा पर्दछन् ।
यस रोगका लागि कुन उपचार विधि उत्कृष्ट हुन्छ ?
उपचारको पद्धति चिकित्सकको जाँचपद्ताल पश्चात आँखा क्यान्सरको किसिम, आकार,फैलावट र एक वा दुवै आँखा प्रभावित भएको अवस्थामा निर्भर हुन्छ । कहिलेकाँही एक भन्दा बढी उपचार पद्धति एकै चोटी वा धेरै पटक चाहिन सक्दछ ।
आँखा निकालिएको बिरामीहरुलाई कसरी पुनस्थापना गर्न सकिन्छ ?
बच्चाको ज्यान बचाउनको लागि आँखाको डल्लो पूर्णरुपले निकालेपछि कृत्रिम आँखा राखेर आँखाको सौन्दर्य र बच्चाको आत्मविशवास कायम राख्न सकिन्छ । यसरी राखिएको कृत्रिम आँखाले देख्न भने सक्देन ।