एजेन्सी । आधुनिक समयमा हरेक व्यक्ति आफ्नो डाइटको बिषयमा धेरै सतर्क रहन्छन् । आफूलाई स्वास्थ्य र सबल राख्नको लागि स्वास्थ्यबर्दक खानेकुरा खान चाहान्छन् ।
लो क्यालोरी र हाई ईनर्जी खानेकुरा खानाले पनि मोटोपनको समस्यालाई कम गर्दैन किनभने आफ्नो ब्लडग्रुप अनुसारको खाना खानु पनि जरुरी हुन्छ । स्वास्थ्य बिशेषज्ञहरुका अनुसार आफ्नो ब्लडग्रुप अनुसारको भोजन खाने हो भने मोटोपन कम हुने मात्र नभै विभिन्न रोगहरुबाट समेत छुटकारा पाउन सकिन्छ।
यो विचारलाई बाहिर ल्याउने डा. पिटर डिएड्मोका अनुसार जो खानेकुरा हामी खान्छौ त्यसले हाम्रो ब्लडग्रुपसँग रिएक्शन गर्दछ । यदि हामी आफ्नो ब्लडग्रुप अनुसारको खाना खान्छौँ भने त्यसलाई सजिलै पचाउँछ र हाम्रो शरीरलाई धेरै उर्जा मिल्ने र विभिन्न संक्रमण तथा बिरामी हुने संभावना कम हुन्छ।
यो सिद्धान्त अनुसार डा. पिटरले बिभिन्न ब्लडग्रुपको लागि फरक फरक खाना सिफारिस गरेका छन् ।
ओ समुह : ज्यादा प्रोटीन, लो कर्ब डाईट, लीन मासु, माछा, पोल्ट्रिी खाना, सागसब्जि, ग्रेन्स, बीन्स, दुग्धजन्य खानेकुरा । खानामा गहुँ र मादकपदार्थ नखाने
ए समुह : हरिया सब्जि, मासु रहित खाना, फलफुल तथा अन्न ।
बी समुह : सब्जि, लो फ्याट भएका दुग्धजन्य पदार्थ, अण्डा र थोरै मात्रामा मासु । तर गहुँ, मुसुरोको दाल, गोलभेँडा, बदाम, तिल नखाने । कुखुराको मासु खानाले पनि समस्या हुने गर्दछ ।
एबी समुह : अत्याधिक रुपमा समुन्द्रि खानेकुरा, भटमास, खानामा हरिया सागसब्जि र दुग्धजन्य पदार्थ सम्लग्न गर्नु राम्रो । मद्यपान र पोलेका मासु नखानु राम्रो ।