एजेन्सी । गर्मी र पसिनाबाट राहत पाउन मानिसहरू एयर कन्डिसनर ९एसी०मा बस्न रुचाउँछन् ।
घर, अफिस वा गाडी सबैतिर मानसिहरू एसीमै बस्न खोज्छन् । यो यो आवश्यकता अहिले लत बनेको छ । तर के एयर कन्डिसनरको यो लतले हाम्रो शरीरमा कति नराम्रो असर गर्नसक्छ । यस्ता छन् एसीमा बस्नुका साइड इफेक्ट
डिहाइड्रेसनः कोठाको तापक्रमको तुलनामा एसीमा बस्ने मानिसहरूमा डिहाइड्रेसनको समस्या बढी देखिन्छ । यदि एसीले कोठामा बढी आर्द्रता सोस्यो भने, शरीरमा पानीको कमी हुनसक्छ ।
टाउको दुख्ने समस्याः एसीका कारण हुने डिहाइड्रेसनको समस्याले टाउको दुख्ने वा माइग्रेन पनि हुन सक्छ । लामो समय एसीमा बसेपछि तुरुन्तै घाममा निस्कियो भने टाउको दुख्ने समस्या बढ्न सक्छ । एसी भएको कोठालाई राम्रोसँग मेन्टेन नगर्दा पनि टाउको दुख्ने र माइग्रेनको समस्या हुन सक्छ ।
आँखा सुख्खा हुने समस्याः पहिलादेखि आँखा सुख्खा हुने समस्या भएका मानिसले लामो समयसम्म एसीमा बस्नु राम्रो हुँदैन । एसीमा बस्नाले आँखा चिलाउने र अफ्ठ्यारो हुने जस्ता समस्या निम्त्याउन सक्छ ।
छाला सुख्खा हुनेः एसीमा लामो समयसम्म बस्ने मानिसमा छाला चिलाउने वा सुख्खा हुने समस्या धेरै हुन्छ । लामो समयसम्म एसीमा बसेपछि घामको कडा किरणको सम्पर्कमा आएसँगै छाला सुख्खा हुने समस्या बढ्छ । संवेदनशील छाला भएका मानिसहरूले बढी सावधान हुनुपर्छ ।
सङ्क्रामक रोगः लामो समयसम्म एसीमा बस्दा हाम्रो नाकको मार्ग सुक्खा हुन सक्छ । यसले म्युकस मेम्ब्रेनमा समस्या पनि बढाउँछ । सुरक्षात्मक तहबिना, भाइरल सङ्क्रमणको जोखिम उच्च हुन सक्छ ।
दम र एलर्जीः दम र एलर्जीबाट पीडित व्यक्तिहरूको लागि एसी अझ खतरनाक हुन्छ । संवेदनशील व्यक्तिहरू प्रायः प्रदूषणबाट बच्न घरमै धेरै समय बस्ने हुन्छन् । तर, घरमा जडान गरिएको एसीलाई राम्ररी सफा गरिएन भने यसले दम र एलर्जीबाट पीडित व्यक्तिहरूलाई थप समस्या निम्त्याउन सक्छ ।
श्वासप्रश्वाससम्बन्धी समस्याः लामो समयसम्म एसीमा बस्नेहरूले नाक र घाँटीसम्बन्धी समस्या हुन्छ । यसबाट घाँटी सुख्खा हुने, नाक सुन्निने र नाक बन्द हुने समस्या हुन्छ ।