एजेन्सी । गर्मीको समयमा रातमा तापक्रम बढेपछि पुरुषको मृत्यु हुने सम्भावना बढी हुन्छ।
नयाँ अध्ययनका अनुसार सामान्य तापक्रमभन्दा एक डिग्री सेल्सियस मात्र बढ्दा पनि पुरुषमा मुटुसम्बन्धी रोगबाट मृत्यु हुने जोखिम चार प्रतिशतले बढ्छ। बिएमजे ओपनमा प्रकाशित अनुसन्धानका अनुसार राति बढ्दो तापक्रमका कारण मृत्यु हुने जोखिम पुरुषमा मात्रै देखिएको छ। यसले महिलाहरूमा कुनै असर गर्दैन।
यसअघिका अध्ययनमा तातो मौसमका कारण मृत्यु हुने र मुटुका बिरामीको सङ्ख्या बढेको पाइएको थियो । तर यस सम्बन्धमा कुनै विशेष उमेर समूहका व्यक्तिहरूको उल्लेख गरिएको थिएन। टोरन्टो विश्वविद्यालयको टोलीले ६०-६९ वर्ष उमेर समूहका मानिसको मृत्युलाई विश्लेषण गरिएको थियो।
साथै, शोधकर्ताहरूले सन् २००१ र २०१५ को बीचमा जुन-जुलाईमा मुटुसम्बन्धी रोगबाट हुने मृत्युसम्बन्धी राष्ट्रिय तथ्याङ्क सङ्कलन गरेका थिए। अध्ययनका लागि अन्वेषकहरूले समान मौसम हुने तथा गर्मी हुने देशहरू छानेका थिए । समान मौसम हुने देशको तुलनामा गर्मी हुने देशमा ३९ हजार नौ सय बढीको हृदय रोगबाट मृत्यु भएको थियो ।
तापमानमा एक डिग्री सेल्सियस वृद्धिले समेत ६० देखि ६४ वर्ष उमेरका पुरुषहरूमा हृदय रोगबाट मृत्युको तीन दशमलव एक प्रतिशतले जोखिम बढ्छ । अध्ययनमा वर्गमा महिलालाई समावेश गरिएको थिएन। तर, समान मौसम भएका देशमा तापमानमा एक डिग्री सेल्सियस वृद्धिले ६५ वर्ष वा कम उमेरका पुरुषहरूमा हृदय रोगबाट मृत्युको जोखिम चार दशमलव आठ प्रतिशत थियो।
हृदय रोगले हृदयघात वा कार्डियक अरेस्ट जस्ता समस्या निम्त्याउन सक्छ। राति पसिना आउनु, छाती दुख्ने वा छटपटी हुनु जस्ता लक्षण हृदयघातको लक्षण हुनसक्ने विज्ञहरू बताउँछन्।