परिचय
उमेर बढ्दै जाँदा हड्डी खिइँदै जाने कारणले नशा च्यापिने समस्या देखा पर्ने गर्छ । लडेर वा खेलकुदका क्रममा शरीरको सन्तुलन बिग्रिई ढाडमा चोटपटक लाग्दा वा सड्किँदा पनि नशा च्यापिन सक्छ। केटाकाटी वा खेलाडीलाई यो समस्या बढी आउँछ। चोटपटकका कारणले डिस्क प्रोल्याप्सु हुँदा ढाड अत्याधिक दुख्छ। फुटबल, क्रिकेट खेलाडीहरु घाइते भएर बस्ने गरेका अधिकांश घटनामा मेरुदण्डको नशा च्यापिएको हुने गर्छ।
एउटै पोजिसनमा घण्टौँ बसेर काम गर्नेहरुको मेरुदण्डको नशा च्यापिन सक्छ। लामो समय एकै आशनमा बसेर कम्प्युटरमा काम गरिरहनुपर्दा पनि ढाड दुख्ने समस्या आउँछ। एकोहोरो बसेर काम गर्नेहरुले ढाडको नशा च्यापिनबाट जोगिनका लागि बसाइको पोजिसन फेरिरहनु राम्रो। अर्थात् अढेस लाउन मिल्ने कुर्सीको प्रयोग गर्नुपर्छ। कुनै भारी सामान उठाउनु पर्दा खुट्टालाई अगाडि पछाडि पारेर उठाउनु राम्रो, सिधा पोजिसनमा भारि उठाउँदा ढाडको नशा च्यापिन सक्छ।
बसाई नमिलेमा
· महिलाहरुको हकमा प्रसव वेदनाको कारण
· शरीरमा अनावश्यक बल प्रयोग गरेमा
· भारी सामान उचालेमा
· गम्भीर प्रकारको हड्डी खिइने समस्या छ भने
· हात खुट्टा भाँचिएमा, हड्डी सर्ने समस्या भएमा र उमेर बढ्दै जाँदा नशा च्यापिने समस्या निम्त्याउन सक्छ ।
· जीवनशैलीको कारणः धेरै समय एकै ठाउँमा बसेर काम गर्दा
कम्मरको कट्टी भन्दा तलको भागमा पोल्ने तथा झम्झम्याउने भएको खण्डमा नशा च्यापिएको अनुमान गर्न सकिन्छ । युवा तथा बुढाबुढी जोसुकैलाई पनि यो समस्या देखिन सक्छ । यो समस्या महिला पुरुष जोसुकैलाई पनि देखिन सक्छ ।
परम्परा आयुर्वेद औषधालयमा यसरी गरिन्छ नशा च्यापिएको उपचार
परम्परा आयुर्वेद औषधालयले परम्परागत रुपमा पाइने जडिबुटीहरुको प्रयोग गरी नशा च्यापिने समस्या उपचार गर्दै आइरहेको छ।
नशा च्यापिएका बिरामीहरुका लागि विशेषगरी फिजियोथेरापीको आवश्यकता पर्ने गर्छ । आयुर्वेद चिकित्शामा उपलब्ध उपचारका आधारमा यहाँ नशा च्यापिने समस्याको उपचार गरिन्छ । औषधिका साथै हामीले बिरामीलाई बस्दा उठ्दा तथा सुत्दा कस्तो पोजिसन अपनाउने भन्ने बारे बिरामीहरुलाई सिकाउँछौं । यहाँ उपचारका लागि आउने बिरामीको निको हुने दर एकदमै राम्रो छ।
हामी आफैले जडिबुटी ल्याएर यही औषधी बनाउने भएकोले औषधि केही महँगो भने छ । यद्यपि बिरामीको जटिलता हेरेर उपचार लागत निर्धारण हुन्छ । यदि बिरामी एकदमै कमजोर अवस्थामा छ भने हामी कहाँ भएको शक्तिपात भन्ने औषधि सेवन गर्नुपर्ने हुन्छ ।
(परम्परा आयुर्वेद औषधालय, नयाँ बानेश्वरमा कार्यरत्त डा.प्रविण रज्गैयासँगको कुराकानीमा आधारित)