माया गर्ने जोडी का लागी होस् वा विवाहित जोडी दुबैका लागी चुम्बन महत्त्वपूर्ण मानिन्छ । विशेष गरी जोडीका लागी प्रेमलाई प्रस्ट्याउन वा प्रेमको निशानीका रूपमा चुम्बनलाई मान्ने गरिन्छ ।
चुम्बनले मानसिक स्थिरताका साथै शारीरिक सामिप्यता समेत बढाउँछ । तर चुम्बन गर्ने हरेक पटक माया साट्ने विकल्प मात्र नभई रोग भित्र्याउने कारण पनि बन्न सक्छ । तसर्थ चुम्बन गर्दा केही कुरामा ख्याल गर्नुपर्छ ।
चुम्बन गर्दा यसबाट हुने खतराबाट जोगिन यी ५ कुरामा सचेत हुनुहोस्
१. रुघाखोकी
रुघाखोकी चुम्बनबाट सर्ने रोगमा सबैभन्दा पहिलोमा पर्दछ । रुघाखोकी भएका व्यक्तिलाई चुम्बन गर्दा उक्त व्यक्तिको र्याल अर्को व्यक्तिको मुखमा पर्ने भएकाले यो रोग सर्ने खतरा हुन्छ । तसर्थ रुघा लागेको बेला चुम्बन नगर्नु बेस हुन्छ।
२. मुख वा गिजासम्बन्धी रोग : कोही मानिसमा मुख वा गिजामा कुनै सङ्क्रमण वा रोग छ भने चुम्बनको माध्यमबाट यो रोग सर्ने गर्दछ । कतिपय अवस्थामा चुम्बनले जिब्रोको समेत रोग हुने खतरा हुन्छ।
३. खटिरा : मुखमा खटिरा आएको छ भने त्यस बेला उक्त मानिसलाई चुम्बन गरेमा पनि खटिरा सर्न सक्छ। खटिरा आफैमा सरुवा रोग भएकाले चुम्बन गर्दा पार्टनरमा सर्ने सम्भावना हुन्छ।
४. श्वासप्रश्वास सम्बन्धी रोग : श्वासप्रश्वास सम्बन्धी समस्या वा रोग भएका व्यक्तिलाई चुम्बन गर्दा पार्टनरमा पनि यो रोग सर्न सक्छ । अर्थात् ज्वरो, दादुरा, फोक्सो सम्बन्धी रोग भएका व्यक्तिलाई चुम्बन गरेमा पार्टनरमा यी रोग सर्ने उच्च खतरा हुन्छ ।
५. फोका र ठेउला : केही मानिसमा ओठमा फोका वा ठेउला आउने गर्दछ। फोका वा ठेउला आएको बेला पार्टनरलाई चुम्बन नगर्नु बेस हुन्छ । अन्यथा उक्त फोका वा ठेउला सर्ने जोखिम हुन्छ ।