- डा जीव नाथ धमला
काठमाडौं - पिसिओस अर्थात पोलिस्टिक ओभरी सिन्ड्रोम महिलामा हुने हर्मोलन गढबढि हो । जसले गर्दा महिलामा महिनावारी अनियमित, गर्भधारणमा समस्या, तौल बढ्दै जानु र पुरुषको आकृति आउँनु जस्ता समस्या निम्त्याउँने गर्छ । पिसिओेसले विशेष गरेर गर्भाधारण्मा समस्या निम्त्याइरहेका हुन्छ ।
यसले गर्दा अण्डाशयमा सानो पानीको फोकाहरु (सिस्ट) पलाउने र हरेक १४ /१४ दिनमा हुनु पर्ने ओभुलोसन नै हुन दिदैन अथवा यसले अण्डा बन्ने क्रियालाई रोक्ने गर्दछ । त्यस्तै पिसीओसमा पुरुष हर्मोनहरु बढेर शरीरमा विभिन्न खाले परिर्वतन पनि आउन सक्छ । यसले मुख्य गरेर ओभूलेसनलाई रोकेर बाझोपन निम्त्याउने गर्छ ।
किन हुन्छ पिसिओेस ?
पिसिओेस यहि कारणले हुन्छ भन्ने तत्व हालसम्म पत्ता लागिसकेको छैन । तर शरीरमै भएका विभिन्न हर्मोनहरुको गडबढि हुनुले पिसीओस निम्त्याउँने गर्छ । यसले गर्दा अण्डाशयमा पानीको फोकाहरु पलाइदिने गर्छ । हार्मोनहरुको गडबढि हुनाले महिनावारी अनियमित गराउँने गर्दछ ।
जीवनशैलीले पार्ने प्रभाव
यसको मुख्य उपचार भनेको तौल कम गर्नु हो । जसका लागि हामीले खानपिन र व्यायमहरुमा विशेष ख्याल राख्नु पर्ने हुन्छ । काबोहाइड्रट, फ्याट भएको खानेकुराहरु कम खाने र प्रोट्रिनयुक्त खानेकुराहरु धेरै मात्रामा खाने गर्नु पर्छ । त्यस्तै प्रशस्त मात्रामा पानी पिउने पर्ने हुन्छ ।
मुख्य गरेर यसमा तिन वटा परिवर्तनहरु आउँने गर्छन जसमा सुरुवाती अवस्थामा महिनावारी गडबढि, दोस्रो अल्ट्रासाउन गर्दा अण्डाशयमा पानीको फोका पलाउँनु र अन्तिममा पुरुष हर्मोन बढेर शरीरमा रौंहरु पलाउदै जाने हुन्छन् । यस्ता परिवर्तनहरु आए भने पिसीओस हो भनेर थाहा पाउँनु पनें हुन्छ ।
सुरुवाती चरणमा यो समस्याको बारेमा थाहा पाउँन सकिएन भने सुगर जस्ता समस्याहरु पनि बढ्दै जान सक्छन् । विशेषगरि यो समस्या बढ्दै गएपछि भविष्यमा बाझोपना गराउँने सम्भावना हुन्छ ।
लक्षण
महिनावारी हुने समय पर पर सर्दै जाने ,
मोटोपना ,
पुरुष हर्मोन बढेको कारण शरीरमा धेरै रौंहरु आउँने,
घाटींको पछाडि कालो दाग हुने
अण्डाशयमा पानीको फोका पलाउँनु,
तौल बढ्दै जाने ,
नियन्त्रण गर्ने उपाय
तौल कम गर्ने,
चिकित्सकको सल्लाह बमोजिम ओषधिको सेवन गर्ने,
सन्तुलित आहार सेवन गर्ने,
यसले निम्त्याउन सक्ने समस्याहरु
बाझोपना,
पाठेघरको क्यान्सर,
सुगर,
कोलेस्ट्रोल
पुरुष हर्मोन बढ्दै जादा महिलाहरुमा डराउँने जस्ता समस्या उत्पन्न हुनु ,
उपचार विधि
यसमा खासै उपचार विधि नै हुदैन तर सुरुमा त तौल घटाउँने र महिनावारी अनियमित छ भने औषधिको माध्यमबाट भएपनि नियमित बनाउनपर्छ । साथै पिसीओसबाट उत्पन्न भएका विभिन्न समस्याहरुलाई समाधान गर्दै जानु नै यसको उपचार हो ।
पिसिओसले बाझोपना गराएको छ भने औषधि दिएर ओभुलेसन गराउनु पर्ने हुन्छ ।
चिकित्सकले भनेको वा दिएको सम्पुर्ण औषधि उपचारलाई आत्मासाथ गर्दै निदान गर्नका लागि अगाढि बढ्यो भने १ वर्षमा नै यस समस्याबाट छुट्कारा पाउँन सकिन्छ ।
(डा.धमला स्त्री तथा प्रसुती रोग विशेषज्ञ हुन् । उनी बिराट मेडिकल कलेजमा कार्यरत छन् ।)