काठमाडौं । हालसम्म भएका १५ सयभन्दा बढी अध्ययनहरुले नरिवलको तेल संसारकै सबैभन्दा स्वस्थ खाद्यपदार्थ भएको प्रमाणित गरेका छन्। यसमा तीन प्रकारका विशेष फ्याट्टी एसिड हुन्छन्, जसलाई क्याप्रिलिक एसिड, लौरिक एसिड र क्याप्रिक एसिड भनिन्छ ।
नरिवलको तेलको ६२ प्रतिशत तैलीय पदार्थ यी तीन स्वस्थकर फ्याट्टी एसिडले बनेका हुन्छन्। छाला र कपालमा गर्ने फाइदाबाहेक यसका अन्य स्वास्थ्यसम्बन्धी फाइदाहरु निम्न छन्-
१. मुटुको रोग र उच्च रक्तचाप रोकथाम गर्छः नरिवलको तेलमा प्राकृतिक स्याचुरेटेड फ्याट बढी हुन्छ। यसले स्वस्थ कोलेस्टेरोल (एचडील) बढाउनेमात्र होइन, खराब कोलेस्टेरोल (एलडिएल) लाई स्वस्थ कोलेस्टेरोलमा परिवर्तन गर्न सहयोग गर्छ। यसबाट मुटुको रोग र उच्च रक्तचापको समस्याबाट रोकथाम हुन्छ।
२. अल्जाइमरको प्राकृतिक उपचारः कलेजोले यसको एसिड पचाउँदा केटोन भन्ने तत्व निस्कन्छ, जसले दिमागलाई ऊर्जा प्रदान गर्छ। यसो गर्दा ग्लुकोजबाट शक्ति पैदा गर्न इन्सुलिनको आवश्यकता पर्दैन। अध्ययनहरुबाट के पत्ता लागेको छ भने दिमागले आफ्नै इन्सुलिन पैदा गर्छ। अल्जाइमरका रोगीको दिमागले आफ्नै इन्सुलिन पैदा गर्न सक्दैन। नरिवलको तेलबाट प्राप्त हुने केटोनले दिमागलाई आवश्यक पर्ने वैकल्पिक ऊर्जा पैदा गर्न मद्धत गर्छ।
३. मिर्गौला स्वस्थ राख्छः नरिवलको तेलमा मुत्राशय तथा मिर्गौलालाई स्वस्थ राख्ने क्षमता हुन्छ। यस्तै, यसले कलेजोमा क्षति पुग्नबाट समेत जोगाउँछ ।
४. आर्थराइटिसबाट जोगाउँछ: भारतमा भएको अध्ययनले नरिवलको तेलले अन्य आधुनिक औषधिभन्दा आर्थराइटिसलाई प्रभावकारी रुपमा निको पार्न सहयोग गर्ने देखाएको थियो ।
५. क्यान्सर रोकथाम गर्छ : यसले क्यान्सरसंग लड्न पनि सहयोग गर्छ ।
६. स्मरण क्षमता बढाउँछः सन् २००४ मा भएको अध्ययनले नरिवलको तेलमा पाइने एसीड स्मरण क्षमता बढाउनमा उपयोगी भएको पाइएको थियो।
७. छालाको समस्या समाधान गर्छः यसले अनुहार सफा राख्नुका साथै मोस्चराइजरको काम गर्छ। साथै छालाका धेरै समस्या समाधान गर्न पनि सहयोग गर्छ ।
८. तौल घटाउँछ: विभिन्न अध्ययनहरुले नरिवलको तेलले तौल घटाउन सहयोग पु¥याउने देखाएका छन्। सन् १९८५ मै गरिएको एक अध्ययनले नरिवलको तेलसहितको क्याप्रिक एसिडको इन्जेक्सनले मुसाहरुमा तीब्र रुपमा तौल घटेको पाइएको थियो।
९. ब्याक्टेरिया मार्छः नरिवलको तेलमा पाइने आधाजति फ्याटी एसिड लौरिक एसिड हुन्। यो एसिडले ब्याक्टेरिया, भाइरस, ढुसीलाई मार्छ। यसलाई शरीरमा लगाउनाले यस्ता ब्याक्टेरिया मर्छन् ।