काठमाडौं । के तपाईँ चाहनुहुन्छ आफ्नो शरीर फिट राख्न ? यदि वास्तवमै चाहनुहुन्छ भने आफ्नो दैनिक जीवनमा अपनाउने गर्नुहोस् यी प्रयासहरू जसले गर्दा तपाइको शरीर फिट र तन्दुरुस्त रहन सक्दछ।
पोस्ट एक्सरसाइज
पोस्ट एक्सरसाइज भन्नाले व्यायाम पछि गरिने सामान्य व्यायाम हो। जसमा दौडने र साइक्लिङ गर्नु पर्दछ। व्यायामपछि केही मिनेट पोस्ट एक्सरसाइज गर्दा शरीर लचिलो हुने गर्दछ।
नियमित पुसअप
यदि तपाईँ नियमित पुसअप गर्नुहुन्छ भने,छाती तथा फोक्सो बलियो हुनका साथै शरीरको आकार पनि राम्रो हुन्छ। त्यसैले ३० देखि ६० सेकेन्ड सम्म पुशअप गर्ने बानी बसाल्नुपर्दछ
एरोविक्स
शारीरिक रूपले फिट रहनका लागि योगासनका साथ केही व्यायाम गर्न सकिन्छ। यसमध्ये पनि एरोविक्स यस्तो व्यायाम हो, जसले फिट राख्नका साथै खुसी पनि बनाउँदछ। यसबाट एकतर्फ मनोरञ्जन हुन्छ भने अर्कोतिर शरीरको बोसो घट्छ । बिहानको समय एक घण्टा एरोबिक्स गर्नु उपयुक्त हुन्छ।
भेज खाना खाने
यो सत्य हो नन्भेज खानामा पोषक तत्त्व बढी हुन्छ तर यस सँगसँगै बोसोको मात्रा पनि बढी हुने भएकाले यसका विपरीत सागसब्जी खानाले वजन चाँडै घट्ने हुन्छ। त्यसैले आफ्नो खान्कीमा सबै किसिमको गेडागुडी, दाल एवं हरियो सागसब्जी बढी राख्न आवश्यक छ।
पर्याप्त निद्रा पुर्याउने
निद्रा कम पर्नु वा नलाग्नु वा लाग्न नदिनु पनि वजन बढ्नुको एउटा कारण हो । निन्द्रा कम भएमा तनाव महसुस हुने हुन्छ । तनाव भएको अवस्थामा हार्मोनले शरीरमा अत्यधिक पानी बढाउने हुन्छ । जसले गर्दा वजन बढ्छ । उक्त कारण फिट रहनका लागि पर्याप्त निद्रा पुर्याउन जरुरी छ ।
घरको खाना खाने बानी बसालौं
फिट रहनका लागि स्वस्थ खाना खानु आवश्यक हुन्छ । घरको खाना स्वच्छ एवं स्वस्थकर हुने भएकाले बाहिरका खानाको तुलनामा घरको खाना नै खानु नै राम्रो हो । घरको खानामा आफूले चाहेको मात्रामा तेल राख्न सकिन्छ । होटलको खानामा क्यालोरीको मात्रा बढी हुने हुन्छ । धेरै चिल्लो खानाले रोग निम्त्याउनुका साथै मोटाउने सम्भावना बढी हुन्छ ।