दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लागू भएको निशुल्क प्रसूति सेवा कार्यक्रम प्रभावकारी बन्दै गएको छ। प्रतिष्ठानका उपकुलपतिमा डा विकास लामिछाने नियुक्त भएर आएपछि प्रतिष्ठानमा निशुल्क मातृत्व सेवा थप प्रभावकारी वन्दै गएको हो।
बैशाख १ गतेदेखि प्रतिष्ठानमा १९ दिनमा झण्डै १ सय ३५ जना महिलाले निशुल्क प्रसूति सेवा पाएको प्रतिष्ठानमा शिक्षाध्यक्ष, प्रसूति रोग विशेषज्ञ डा वसन्त लामिछानेले जानकारी दिए।
उनका अनुसार प्रतिष्ठानमा निशुल्करुपमा १ सय जना महिलाले नर्मल डेलिभरी सेवा लिएका छन् भने ३५ जनाको शल्यक्रिया गरिएको छ। प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले प्रतिष्ठानमा निशुल्क प्रसूति सेवा प्रारम्भ भएपछि प्रसूति गराउन आउने महिलाहरु खुसि भएर सेवा लिएको भन्दै प्रसूतिकै लागि विगतमा घोराहीबाट तुल्सिपुर जाने बाध्यता अब विस्तारै हट्दै गएको बताए।
उनले प्रतिष्ठानमा छाला, वाल रोग, फिजीसिय, प्रसूति रोग विशेषज्ञ, सर्जन, हाडजोर्निसहित २९ जना विशेषज्ञ चिकित्सकहरुबा सेवा प्रवाह भइरहेको बताउदैै प्रभावकारी पोषण पुर्नस्थापना सञ्चालन, शंकास्पद क्षयरोग बिरामीको पहिचान गर्न मेसिन जोडेर सेवा पनि प्रारम्भ भइसकेको जानकारी दिए।
प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले प्रतिष्ठानमा निशुल्क प्रसूति सेवा थप राम्रोसँग सञ्चालन गर्न प्रसूति रोग विशेषज्ञ थप्ने तयारीमा रहेको बताउदै केही थप चिकित्सकहरुको आवेदन आइरहेकाले सेवा विस्तारको योजना अनुरुप काम भइरहेको बताए।