केरा विश्वमै सबैभन्दा बढी खाइने फलफूलमा पर्छ। केरा अमेरिकामा स्याउ, सुन्तलाभन्दा बढी खाइनेमा पर्छ। यसमा पोटासियम, फाइबर, म्याग्नेसियम, भिटामिन सि र बी उच्च मात्रामा पाइन्छ। केरा हाम्रो स्वास्थ्यका लागि लाभदायक मानिन्छ। विशेषगरी, केराले डिप्रेसन, पाचन प्रक्रिया, मुटु, मिर्गौला, क्यान्सर, मधुमेह, ओष्टियोपोरोसिस, अन्धोपना र अन्य थुप्रै प्रकारका रोगबाट बचाउँछ।
मुटु बचाउँछ
केरा मुटुका लागि निकै लाभदायी हो। यसमा पोटासियम तथा प्राकृतिक इलेक्ट्रोलाइट पाइन्छ। इलेक्ट्रोलाइटले शरीरमा विद्युत आवागमन गराउन मद्दत गर्छ, जुन मुटुको धड्कनका लागि आवश्यक हुन्छ। त्यसैले केरा नियमित सेवन गरे फूर्तिलो राख्छ र कार्डियोभास्कुलर प्रणालीलाई रक्षा गर्छ। उच्च रक्तचाप, एथेरोस्केरोसिस तथा हृदयाघातबाट बचाउछ ।
डिप्रेसनमा मुक्ति दिलाउछ
केरा खानाले डिप्रेसनबाट मुक्ति दिलाउनुका साथै महिलामा महिनावारीको समस्याबाट बचाउँछ। यस्तै, केरामा ट्राइप्टोफानको मात्रा उच्च हुन्छ, जुन सेरोटोनिनमा परिवर्तन भई मुडलाई राम्रो बनाउछ। यसमा रहेको भिटामिन बि ६ ले राम्रो निद्रा पर्छ भने म्याग्नेसियमले मांसपेशीलाई लचिलो बनाउछ।
तौल घटाउन सहयोगी
केरा उच्च रेशायुक्त ९फाइबर० खाद्यपदार्थ हो। एउटा केराले दैनिक खानाको १० प्रतिशत फाइबर पूर्ति गर्छ। यसमा भएको भिटामिन बि ६ ले टाइप टु डायबिटिजबाट बचाउनुका साथै तौल घटाउन पनि मद्दत गर्छ। यसले बढी श्रम गर्ने मानिसमा ब्लड सुगर कायम राख्न मद्दत गर्छ।
आँखालाई फाइदाजनक
गाँजर आँखाको स्वास्थ्यका लागि लाभकारी हो। त्यस्तै काम गर्छ, केराले पनि। केरामा भिटामिन ए पनि पाइन्छ, जसले आँखाको सुरक्षा गर्छ र रातिको समयमा पनि दृष्टि सुधार्न मद्दत गर्छ। भिटामिन ए ले आँखाको वरिपरी भएका मेम्ब्रेनलाई सुरक्षा प्रदान गर्छ ।
हड्डी मजबूत पार्छ
केरामा रहेको क्याल्सियमले हड्डी मजबूत पार्छ। यसमा रहेको फ्रुक्टोलिगोसाचाराइड्सले शरीरलाइ क्याल्सियम सञ्चित गर्न सक्ने बनाउछ ।
क्यान्सरबाट बचाउछ
अनुसन्धानकर्ताका अनुसार केराको नियमित सेवनले मिर्गौलाको क्यान्सरबाट समेत बचाउँछ । सन् २००५ मा स्वीडेनमा गरिएको एक अध्ययनले फलफूल तथा तरकारी खाने महिलामा मिर्गौलाको क्यान्सर हुने सम्भावना ४० प्रतिशत कम भएको पाइएको थियो। ती महिलाले खाने फलफूलमा केरा मुख्य थियो। यसमा भएका एन्टिअक्सिडेन्टले क्यान्सरबाट बचाउछ ।