एजेन्सी । शाकाहारी खाना वा भेज खाना स्वास्थ्यका लागि फाइदाजनक हुन्छ।
यसले शरीरमा कोलेस्ट्रोल र ब्लड प्रेसरको स्तरलाई नियन्त्रणमा राख्छ। साकाहारी खानाले उच्च रक्तचाप, मेटाबोलिक रोग, मोटोपना, टाइप -२ मधुमेह र मुटुरोगको जोखिमबाट जोगाउँछ। नयाँ अध्ययनले साकाहारीहरूको तुलनामा मांसाहारी वा मासु खाने मानिसको तुलनामा क्यान्सरको जोखिम निकै कम हुने देखाएको छ।
चार लाख ५० हजार मानिसमा गरिएको अध्ययन बीएमसी मेडिसिनमा प्रकाशित छ । विश्व क्यान्सर अनुसन्धान कोष, क्यान्सर अनुसन्धान यूके र अक्सफोर्ड पपुलेसन हेल्थ द्वारा गरिएको अध्ययमा सहभागीलाई ननभेज खाने, भेज मात्र खाने र माछा मात्र खाने गरी बिभाजन गरिएको थियो । नियमित खाने वा हप्तामा कति दिन माछा, मासु खाने गरिएको भन्ने कुरालाई पनि घ्यानमा राखिएको थियो ।
नियमित मासु खानेहरूको तुलनामा, कम मासु खानेहरूमा कुनै पनि प्रकारको क्यान्सरको जोखिम दुई प्रतिशत कम हुन्छ । क्यान्सरको जोखिम माछा खानेहरूमा १० प्रतिशतले र साकाहारीमा १४ प्रतिशतले घटेको अध्ययनले देखाएको छ । नियमित ननभेज खानेहरूभन्दा कम ननभेज खानेहरूमा कोलोन क्यान्सरको जोखिम नौ प्रतिशत कम हुन्छ ।
साकाहारी महिलाहरूमा नियमित मासु खानेहरूको तुलनामा मेनोपजपछि स्तन क्यान्सर हुने जोखिम १८ प्रतिशत कम थियो । साकाहारी र माछा खानेमा प्रोस्टेट क्यान्सरको जोखिम २० देखि ३१ प्रतिशतले घटेको पाइयो ।
मासु खाने मानिसको तुलनामा साकाहारीहरूलाई कोलोरेक्टल क्यान्सर हुने सम्भावना २२ प्रतिशतले कम हुन्छ । विज्ञहरूका अनुसार साकाहारी खानाले कोलोरेक्टल वा अन्य ग्यास्ट्रो- इन्टेस्टाइनल मात्र नभई तर सबै प्रकारको क्यान्सरको जोखिम कम हुन्छ ।