काठमाडौं । अण्डालाई पौष्टिक खाद्य पदार्थ मानिन्छ। धेरैजसो पन्छीको अण्डा खाइने भए पनि संसारभर धेरैले खाने अण्डाचाहिँ कुखुराकै हो । यसबाहेक हाँस, बट्टाई, अष्ट्रिच आदिका अण्डा पनि धेरैले रुचि पूर्वक खाने गरेका छन् । अन्य पन्छीहरू ढुकुर, कालिज तथा तित्राका अण्डा पनि निकै रुचाइन्छ।
ती सबैका अण्डामा केही फरक विशेषता हुने भए पनि सामान्यत सबैमा एकै प्रकारको गुण पाउन सकिन्छ ।अण्डा खाँदा हुने फाइदा र बेफाइदाको बारेमा पनि हामीलाई धेरैले बताउने गर्छन् । तर के तपाईलाई थाहा छ स्वस्थ शरीरका लागि दिनमा कतिवटा अण्डा खानु उचित हुन्छ ? अनि यसलाई कसरी पकाउनु पर्छ ?
त्यसैले, अण्डालाई फ्रिजमा छोपेर राख्न विज्ञहरू सल्लाह दिने गर्छन् । अण्डाको सेतो भागलाई बट्टामा बन्द गरेर तीन हप्तासम्म फ्रिजमा राख्न सकिन्छ । अण्डाको भित्री पहेँलो भागलाई भने तीन दिनसम्म मात्र सुरक्षित राख्न सकिन्छ ।अण्डा ताजा छ कि छैन भन्ने कुरा विभिन्न तरिकाले पत्ता लगायत सकिन्छ ।
एउटा भाँडोमा चिसो पानी लिएर त्यसमा अण्डालाई हाल्दा पनि यो कुरा पत्ता लाग्छ । अण्डालाई चिसो पानीमा हाल्दा अण्डा डुबेमा त्यो ताजा हो भने न’डुबेमा बासी हो। यसमा पनि अहिले बजारमा पाइने बट्टाईको अण्डामा अन्य पंक्षीको अण्डामा भन्दा धेरै पौष्टिक आहार पाइने गरेको छ।
दम, निमोनिया, रुघाखोकी र ग्याष्ट्रिक कन्ट्रोल गर्न बट्टाईको अण्डाले सहयोग गर्ने पक्षीं विज्ञहरु बताउँछन् । त्यस्तै, सुगर रोगीलाई र उच्च रक्तचापलाई पनि यसले घटाउने काम गर्छ । शरिरमा भएको अनावश्यक टक्सिन निकाल्ने, किड्नी, लिभर र गलव्लाडरलाई स्वस्थ्य राख्न, हड्डी मजबुद बनाउन, छालालाई स्वस्थ्य एलर्जीबाट जोगाउन, रगत शुद्धिकरण तथा हमोग्लोविनको मात्रा बढाउन, शरिरिक वृद्धि तथा स्मरण शक्ति बढाउन, रोगप्रतिधात्मक क्षमता वृद्धि गर्न र शरिरमा रहेका चोटपटक चाँडो निको पार्न मद्दत गर्न बट्टाईको अण्डा खानाले सहयोग गर्ने गर्छ ।