काठमाडौं । खुर्सानीलाई हामी विभिन्न परिकार लगायत अचार पनि बनाएर खान्छौं। यसको प्रयोग सबैले आफ्नो स्वाद अनुसार गर्छन् ।
प्राय हामी स्वादको लागि खान्छौं तर यसमा थुप्रै किसिमको फाइदाहरु रहेको हुन्छ, जुन हाम्रो स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । रातो खुर्सानीले ग्यास्ट्रिकलाई केहि हद सम्म कम गर्न मदत गर्छ।
पिरोले शरीरलाई न्यानो बनाउँन मदत गर्दछ र साथै तौल पनि घटाउन मदत गर्दछ। तर विज्ञहरुले चिल्लो,पिरो नखान सल्हा दिदै आएका छन । चिल्लो तथा पिरो पेटमा समस्या आउने र अल्सर बनाउने साबधानी दर्शाउँदै आएका छन् । जुनै कुरा पनि अत्याधिक मात्रामा प्रयोग गरेमा त्यसले हानी गर्छ नै। त्यसैले खोर्सानी पनि एकदमै बढी मात्रामा खादा पेटमा विभिन्न असर पर्छ।
खुर्सानी फाईदाहरु:
तौल घटाउँछ
-खुर्सानीले तौल घटाउन पनि सहयोग गर्छ। सन् १९९८ मा गरिएको एक अध्यनमा रातो खुर्सानीले मेटाबोलिजम बृद्धि गर्ने र शरिरको ऊर्जा छिटो उपययोग हुने जनाइएको थियो। रातो खुर्सानीले भोक घटाउने भएकोले तौल घटाउन प्रभावकारी मानिन्छ।
कन्जस्टेसनबाट बचाउँछ
-पिरो खानेकुराले पिनासबाट हुने समस्याबाट जोगाउँछ। खुर्सानीले शरीरको तापक्रम बढाउने भएकोले फ्लुबाट जोगाउँछ । खुर्सानीले दम र ब्रोनकाईटिसबाट जोगाउँछ।
चिसोबाट बचाउँछ
-खुर्सानीको विशेषता पिरो र तातो हो। यसले शरिरलाई चिसो हुनबाट जोगाउँछ । चिसो पेट फुलेको वा डम्म भएको छ भने खुर्सानी राखेका तरकारीले शरीरलाई फाइदा गर्छ।
क्यान्सरसँग लड्ने क्षमता
-सन् २००७ मा गरिएको एक अध्ययनमा खुर्सानीमा हुने क्युरकुमिनले क्यान्सरबिरुद्ध लड्न सहयोग गर्छ। नियमित खुर्सानी खाँदा प्रोटेस्ट क्यान्सर नहुने अध्ययनमा जनाइएको थियो । आम भारतीयमा प्रोटेस्ट क्यानसर नहुनुमा खुर्सानीको मात्रा बढी खानु हो।
खाना पचाउन सहयोग गर्छ
-खुर्सानीले पाचन पक्रियालाई पनि सहयोग गर्छ। त्यहि भएर कतिपय चिनियाँ औषधीमा केही मात्रामा खुर्सानी मिसाइन्छ।
खोर्सानीका बेफाइदा
हरेक खानेकुराको फाइदा र बेफाइदा हुन्छ। तपाई खुर्सानी खान सक्नुहुन्छ भन्दैमा धेरै परिणाममा खानु हुँदैन । निश्चित परिणाममा भन्दा बढी खानु हुँदैन । आवश्यकता भन्दा बढी खुर्सानी खाँदा ज्यान तात्ने, तालु तथा आखा पोल्ने र निद लाग्दैन । गर्मी हुने मानिसलाई फाइदा भन्दा बेफाइदा हुन्छ। खुर्सानीले मुख सुख्खा हुने, मानसिक रुपमा तनाब बढाउने र शौच गर्न गाह्रो हुने, पेट पोल्ने लगायतका समस्या हुन्छन्।
ब्लड प्रेसर, कलेजोको रोग, डाबिटिज, किड्नी र मुटुको रोग छ भने खुर्सानी सेवन गर्दा साबधानी अपनाउनुपर्छ ।
पेटको अल्सर भएका, पेटमा संक्रमण, बाथ रोगीले खुर्सानी खानु हुँदैन। त्यस्तै ज्वरो आउँदा, घाँटी दुख्दा, खोकी लाग्दा खुर्सानी खानुहुन्न।