काठमाडौं । ओखर हाम्रो शरिरको लागि फाइदाजनक फल हो । भिटामिन बी, भिटामिन ई, म्याग्नेसियम, जिंक, कपर, आइरन, क्याल्सियम अनि पर्याप्त एन्टि–अक्सिडेन्ट र प्राकृतिक मिनरल पाइने ओखर खानुका धेरै फाइदाहरु छन्।
ओखरको सेवनले शरीरलाई तातो र ऊर्जाशील बनाउ सहयोग पुर्याउछ।
ओखर सेवन गर्नुका यस्ता छन् फाइदा
– ओखरको दैनिक सेवन गर्नाले शरीरमा ऊर्जा कायम रहन्छ भने कोलेस्ट्रोल पनि नियन्त्रणमा रहन्छ ।
– ओखरको नियमित सेवनले पुरुषको शुक्रकिटलाई स्वस्थ राखिराख्न सहयोग पुर्याउछ ।
– ओखर सेवनले महिलामा सुगर र स्तन क्यान्सरका बिरामीहरुलाई फाइदा गर्छ ।
– ओखरमा फाइबर पाइने हुनाले पाचनक्रियालाई मजबुत बनाउँछ ।
– ओखरको सेवनले कब्जियत सम्बन्धी समस्याबाट पनि छुटकारा पाइन्छ ।
– ओखर सेवन गर्नाले मृर्गौलामा पत्थरी हुनबाट जोगाउँछ ।
– ओखरको सेवन गर्नाले मुटुलाई स्वस्थ राख्न सकिन्छ । किनभने ओखरले शरीरमा कोलेस्ट्रेरोलको मात्रा कम गर्न सहयोग पुर्याउछ ।
– ओखर दैनिक सेवन गर्नाले घुँडा, जोर्नी र कम्मरको पीडा कम गराउछ ।
– ओखर बच्चालाई नियमित सेवन गर्नाले दिमाग तीखो हुन्छ । ओखर खाँदा दूधसँग खानु राम्रो हुन्छ ।