काठमाडौं । विश्व नर्स दिवस आज (बिहीबार) परेको छ। प्रत्येक वर्ष मे १२ मा संसारभर यो दिवस मनाउने गरिन्छ। आधुनिक चिकित्सा पद्धतिमा अभूतपूर्व योगदान गर्ने अर्थात नर्सिङ पेसालाई नयाँ उचाइमा पुर्याउने महान महिला फ्लोरेन्स नाइटएङ्गलको जन्मदिन पनि आजै हो।
उनकै जन्मदिनको अवसर पारेर विश्वभर नर्स दिवस मनाउने गरिन्छ। उनी हरेक नर्सको प्रेरणाकी श्रोत पनि हुन्। फ्लोरेन्स नाइटएङ्गललाई ‘ए लेडी विथ ए ल्याम्प’ अर्थात टुकी या लालटिन बोकेकी महिला भनेर पनि चिनिन्छ। युरोपमा क्रिमेन युद्ध चलिरहँदा घाइते सैनिकहरूको उपचारार्थ अहोरात्र खटिएका सैनिकहरूले उनलाई ‘ए लेडी विथ ए ल्याम्प’को उपमा दिएका हुन्।
अन्जु ढुंगेल (नर्सिङ सुपरभाइजर)
सबैभन्दा पहिला विश्व भरिकै सबै नर्सहरुलाई विश्व नर्सिङ दिवसको अवसरमा शुभकामना दिन चाहन्छु । आजको दिनमा नर्सिङ एउटा व्यावसायिक पेसाको रुपमा विस्तार भइसकेको छ । अझै नर्सिङलाई व्यावसायिक पेसाको रुपमा विस्तार गर्नका लागि नर्सिङ पेसामा रहेको मुल्य मान्यताहरुलाई पालना गर्नुपर्ने हुन्छ ।
बिरामीको सेवा गर्ने सवालमा कोरोना महामारीले नर्सहरुलाई धेरै कुराको ज्ञान दिएको छ । नर्सहरुको पनि व्यक्तिगत जीवन हुने भएकोले जहिलै पनि बिरामीको उपचारका लागि अग्र पंक्तिमा खटिने नर्सहरुको सेवा सुविधा पनि समय अनुसार बढाइनु पर्ने छ ।
अन्य मुलु्कमा जस्तै नेपालका नर्सहरुले पनि सेवा सुविधा पाउने हो भने उनीहरुको मन अझै बिरामीको सेवामा रमाउने थियो । बिरामीहरुले समेत डाक्टरहरुलाई सरह सम्मान अग्रपंक्तिमा खटिने नर्सलाई नदिएको पाइन्छ । बिरामीले अस्पताल छान्दा कुन डाक्टर भन्ने गर्छन् तर नर्स भने नाम लिने गर्दैनन् ।
रक्षा सैन्जु (ओटी सेकेन्ड म्यान इन्चार्ज)
म विगत १० वर्षदेखी नर्सका रुपमा कार्यरत्त छु । नर्स भएर कसैको जीवनमा केही न केही योगदान दिन सकेकोमा मलाई असाध्यै खुसी लाग्छ । काममा आएका विभिन्न चुनौतीहरुले नै मलाई मेरो पेसामा सन्तुष्टी प्रदान गरेको छ ।
पहिले पहिले छोरी बिग्रिए नर्स भन्ने आमधारणा रहेको थियो भने विगत तुलनामा नर्सप्रति समाजिक दृष्टिकोणमा परिवर्तन आएको छ । विभिन्न प्रकारका चुनौतीको सामान गर्दै बिरामीको सेवा गर्न सक्ने नर्स बनेको आफूप्रति गर्भ महसुस गर्छु । विश्व नर्सिङ दिवसको अवसरका सम्पूर्ण नर्सहरुलाई शुभकामना दिन चाहन्छु ।
मनिषा चित्रकार (पोष्ट अफ इन्चार्ज )
नर्सका रुपमा कार्यरत्त भएर कसैको जीवनलाई सहज बनाउन पाएकोमा मलाई असाध्यै खुसी लाग्छ । बिरामीले ब्लु क्रस अस्पतालमा आएर जुन मैत्रीपूर्ण वातावरण बिरामीहरुले पाउन सक्छन् त्यो अन्य अस्पतालमा नपाउन पनि सक्छन् । ब्लु क्रस अस्पतालका नर्सले दिने सेवाको प्रशंसा यहाँ आउने बिरामीहरुले समेत गर्ने गरेका छन् ।
कुनै पनि काममा सफलता प्राप्त गर्नका लागि राम्रो टिम वर्क हुन जरुरी छ । ब्लुक्रस अस्पतालका नर्सहरुमा राम्रो टिम वर्क हुने गरेकोले पनि हामीले बिरामीहरुबाट समेत प्रशंसा पाएका छौं । नर्सहरुबीच राम्रो टिम वर्क नभएको अवस्थामा त्यसको असर बिरामीलाई दिने सेवा पर्ने भएकोले नर्सहरुबीच हुने राम्रो टिम वर्कको महत्व धेरै नै रहेको छ।
बन्दना मिश्र (वार्ड इन्चार्ज)
मैले वार्ड इन्चार्जको रुपमा काम गर्न थालेको १४ वर्ष भइसकेको छ । मैले वार्ड इन्चार्ज भएर काम गरेदेखि हालसम्म ९९ प्रतिशत बिरामीहरुबाट एकदमै सकारात्मक प्रतिक्रिया पाएको छु,जसले मलाई आफ्नो पेशाप्रति गर्भको महसुस गराएको छ। बिरामीको सेवा गर्दाे आफ्नो मन, मस्तिष्कलाई एकदमै सकारात्मक भएर काम गर्नका लागि म सम्पुर्ण नर्सहरुलाई आग्रह गर्छु ।
सकारात्मक भएर दिइएको सेवाले प्रतिक्रिया पनि सकारात्मक नै दिन्छ । ब्लु क्रस अस्पताल तथा आफूले दिएको १४ वर्षको लामो सेवाले मलाई आत्म सन्तुष्टी दिएको छ । मैले यो अवधिमा बिरामीबाट समेत धेरै कुरा सिक्ने अवसर पनि पाए ।
काम गर्ने शिलशिलामा आइपर्ने सामान्य व्यवधानहरुलाई हटाएर सम्पूर्णको राय सल्लाह बमोजिक गरिएको कामले राम्रो प्रतिफल दिने गर्छ । जसले मलाई आजसम्म मेरो पेसामा आत्म सन्तुष्टी प्रदान गर्न सहयोग गरेको छ । आजको दिन अर्थात् विश्व नर्स दिवसको अवसरमा सम्पूर्णमा शुभकामना दिन चाहन्छु ।