एजेन्सी । तापक्रम उच्च भएको वेलामा वा गर्मीको समयमा तिर्खा लाग्नुलाई सामान्य मानिन्छ। अत्यधिक पसिना आउँदा, भारी व्यायाम गर्दा, अत्यधिक काम गर्दा, मसालेदार वा चिल्लो खानाको सेवन गर्दा पनि मानिसलाई तिर्खा लाग्ने हुन्छ।
शरीर पानीको मात्रा कम भइरहेको वेला अङ्गहरूले कुनै बाधाबिना आफ्नो काम जारी राख्नका लागि पुनः पानी भर्न आवश्यक हुँदा तिर्खा लाग्ने हुन्छ। तर लगातार कुनै ठोस कारणबिना तिर्खा लागेमा यो कुनै स्वास्थ्य समस्याको सङ्केत हुन सक्छ।
धेरै स्वास्थ्य स्थितिले पटक–पटक तिर्खा लागेको महसुस गराउन सक्छ । शरीरमा पानीको मात्रा नपुग्दा डिहाइड्रेसन हुन सक्छ जसमा थकान र दृष्टि धमिलो हुने जस्ता सङ्केत पनि देखिन । अत्याधिक तिर्खा लाग्ने पाचँ कारणः
मधुमेहको समस्या भएमा
शरीरमा भएका कोषहरू इन्सुलिन प्रतिरोधी भएपछि मिर्गौलाले रगतबाट अधिक चिनी हटाउन कडा परिश्रम गर्नुपर्ने हुन्छ । जसकारण पटक–पटक पिसाब लाग्ने हुन्छ । शरीरबाट निष्कासन भएको पानीलाई आपूर्ति गर्ने सङ्केतको आधारमा पहिलेभन्दा धेरै तरल पदार्थ पिउन मनलाग्ने हुन्छ र अत्यधिक मात्रामा तिर्खा लाग्छ । लगातार पिसाब लाग्नु र अत्यधिक तिर्खा लाग्नु मधुमेहका दुई प्रारम्भिक लक्षण हुन् ।
एनेमिया अर्थात् रक्तअल्पता
शरीरमा हेमोग्लोबिन बनाउन पर्याप्त रातो रक्त कोषहरू नहुदा मानिसलाई एनेमिया हुने गर्छ । आहारमा समस्या, धेरै रक्तस्रावलगायतका विभिन्न कारणहरूले एनेमिया हुन सक्छ । डिहाइड्रेसन एनेमियाको सामान्य सङ्केत हो । जसकारण मानिसहरूलाई अत्यधिक तिर्खा लागेको महुसुस हुन्छ ।
हाइपरक्यालसेमिया
तिर्खा महसुस हुनु हाइपरक्यालसेमिया ९शरीरमा क्याल्सियमको स्तर अत्याधिक बढ्ने अवस्था० को पहिलो वा सरुआती लक्षण हुन सक्छ । यो ओभर्याक्टिक प्याराथायराइड ग्रन्थीहरू, क्षयरोग र क्यान्सरको कारण हुन सक्छ । रगतमा क्याल्सियमको अत्यधिक मात्राले हड्डीहरूलाई कमजोर पार्ने तथा मिर्गौलामा ढुङ्गाको विकास गर्न सक्छ ।
मुख सुक्खा हुँदा
मुख सुक्खा हुँदा वा र्याल बनाउने ग्रन्थीहरूले पर्याप्त र्याल नबनाउँदा अत्यधिक तिर्खा लागेको महसुस हुन सक्छ । यो क्यान्सर, सुर्तीजन्य प्रयोग, केही औषधि वा कुनै रोगको उपचारका कारण हुन सक्छ ।
गर्भावस्थामा
गर्भावस्थाका धेरै लक्षणहरूमध्ये तिर्खा लागेको महसुस हुनु पनि एक हो । पहिलो त्रैमासिकको क्रममा गर्भवती महिलाको शरीरमा रगतको मात्रा बढ्छ, जसले मिर्गौलालाई अधिक तरल पदार्थ बनाउन बाध्य तुल्याउँछ । जसकारण धेरै मात्रामा पिसाब लाग्छ । शरीरबाट निष्कासन भएको पानीलाई आपूर्ति गर्नका लागि गर्भावस्थाको पहिलो तीन महिनामा अत्यधिक तिर्खा लाग्ने हुन्छ ।