एजेन्सी । कपाल रङ्ग्याउने महिलाहरूमा अर्थात् हेयर डाईको अत्यधिक प्रयोगले महिलाहरूमा क्यान्सरको जोखिम बढाउँछ ।
अमेरिकाको हार्वर्ड विश्वविद्यालयको अनुसन्धानले हेयर डाईको अत्यधिक प्रयोग गर्ने महिलाहरूमा स्तन, छाला र गर्भाशयमा हुने क्यान्सरको जोखिम बढाउने देखाएको हो ।
बिएमजे जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार प्राकृतिक हेयर डाईले पनि क्यान्सर हुने खतरा रहन्छ । विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०को इन्टरनेसनल एजेन्सी फर रिसर्चका वैज्ञानिकहरूले क्यान्सरको जोखिम बढाउने चीजहरूमा हेयर डाईलाई पहिला नै समावेश गरिसकेका छन् ।
हेयर डाई र क्यान्सर जोखिमबीचको सम्बन्ध बुझ्नको लागि एक लाख १७ हजार दुई सय महिलाहरूमा अनुसन्धान गरिएको थियो । अध्ययनमा सहभागी जनाएका महिलाहरूमध्ये कुनैलाई पनि क्यान्सर नभए र कुनैमा पनि क्यान्सरको पारिवारिक इतिहास थिएन । अध्ययनका लागि ती महिलाहरूलाई ३६ वर्षसम्म ट्र्याक गरेपछि परिणामहरू जारी गरिएको थियो ।
हेयर डाईमा हुने अमोनिया, पेरोक्साइड, फेनिलेनेडायमाइन, डाइअमीनोबेंजीन, टाउलिन– २, ५–डाइअमीनलगायतका रसायनहरू एकदम खतरनाक हुन्छन् । क्यान्सरको वेबसाइट क्यान्सरडट ओर्गका अनुसार हेयर डाईमा प्रयोग हुने केही केमिकलहरू टाउकोको छालाको माध्यमबाट वा यसको गन्ध सासको माध्यमले शरीरमा पुग्छन् । जुन खतरनाक हुन्छ ।
हेयर डाईको अत्याधिक प्रयोग गर्ने महिलाहरूबाहेक बारम्बार डाई लगाउने हेयरड्रेसर, स्टाइलिस्ट, पार्लर तथा सलुनमा काम गर्ने मानिसहरू पनि जोखिममा हुने अध्ययनले देखाएको हो ।