काठमाडौं- सागसब्जि, दुग्ध पदार्थ, फलफुल माछा मासु, गेडागुडि, घ्यु तेल आदि समेटिएको सन्तुलित भोजन नियमित खाने स्वस्थ्य बालबालिकालाई भिटामिन सप्लिमेन्ट चाहिदैँन ।
स्तनपान गर्ने बालबालिकालाई भिटामिन डि जन्मेदेखि र आइरन तिन महिनापछि एक बर्षको उमेरसम्म दिनुपर्छ । तर निम्न बालबालिकाहरुलाई डाक्टरको सल्लाहमा भिटामिन सप्लिमेन्ट दिनुपर्छ ।
उमेर अनुसार तौल र हाइट नपुगेको कुपोषित महिना नपुगि जन्मेका र जन्मदै तौल कम भएका बालबालिकालाई भिटामिन सप्लिमेन्ट दिनुपर्छ ।
मानसिक र शारीरिक विकासक्रम ढिलो भएमा भिटामिन सप्लिमेन्ट दिनुपर्छ ।
पुर्ण शाहाकारी, रोग प्रतिरोधात्मक क्षमता कम भएका एच.आइ.भि, मधुमेह र किमोथेरापी लिरहेका बालबालिकालाई भिटामिन सप्लिमेन्ट दिनुपर्छ ।
खानामा विविधता मन नपराउने, खुवाउन गाह्रो हुने व्यक्तिलाई भिटामिन सप्लिमेन्ट दिनुपर्छ ।
क्यान्सर ग्रसित कलेजो सम्बन्धि समस्या कोलेस्ट्रोल, बिशेष दिर्घ रोग भएका व्यक्तिलाई भिटामिन सप्लिमेन्ट दिनुपर्छ ।