काठमाडौं । विभिन्न किसिमका रोगहरु जस्तै भित्री–बाहिरी अंगको घाउ, दाग, नचल्ने अंगहरु, जोर्नीको दुखाई जस्ता शरीरका विभिन्न किसिमका रोगलाई बाहिर विकिरणको प्रभावबाट उपचार गर्ने प्रविधिलाई लेजर थेरापी भनिन्छ। यसको सिद्धान्त धेरै बर्ष पहिले अल्बर्ट आईन्स्टाईनले शुरु गर्नुभएको हो।
यसलाई रिसर्च गरेर उपचारको रुपमा प्रयोग गर्न सकिन्छ भनेर विभिन्न वैज्ञानिकहरुले पत्ता लगाएपछी यसको सुरुवात ४० बर्ष अगाडि अमेरिका र रुसमा भएको हो । विकसित मुलुकहरुमा मात्र यो सेवा उपलब्ध छ । यसको शिक्षा हाँसिल गर्ने ठाउँ भने अहिलेसम्म रुस(मस्को) र क्यानडामा मात्र रहेको छ।
निको नभएका, दुखेका तथा सुन्निएका घाउहरु, मस्तिष्क पक्षघात, नाक, कान, घाँटीका रोगहरु, माईग्रेन, अनुहारको दाग, चाँयापोतो, ढाडको नशा च्यापिएका, घुँडा दुख्ने समस्या भएका, बाथ रोगका कारण मांसपेशीमा दुखाई भएका, हाडजोर्नी छालामा विभिन्न किसिमका घाउ र अन्य धेरै रोगहरुको यसबाट उपचार गर्न सकिन्छ। तर, बिशेष गरेर यसको असर लामो समयसम्म शरीरमा रहेका रोगहरुमा प्रभावकारी देखिन्छ । साथै पक्षघात भएका बिरामीलाई पनि यसले लाभ दिन्छ ।
हाडजोर्नीको दुखाईमा लेजर विकिरण बढी प्रभावकारी देखिन्छ किनभने लेजर विकिरणको पहिलो काम भनेको नै सुन्निएको घटाउने र रक्त कोषिका चाहिने ठाउँसम्म पुर्याउने हो र निष्क्रिय भएर बसेका कोषिकालाई सकृया बनाउनु हो। यसले ४.६ सेन्टिमिटर भित्र गएर कोषिकाहरुलाई छालाको बाहिरीबाट विकिरण दिएर निको गर्दछ।
नेपालमा १८ बर्ष अगाडि २००१ सालमा यसको पहिलोपटक सुरुवात भएको हो । मस्कोमा २००१ सालमा शिक्षा हासिल गरेर फर्केपछी सानो एउटा मेसिनको सहायताले मैले यसको सेवा शुरु गरेको हुँं । सुरुवातको २-३ बर्ष मानिसहरुलाई यसको बारेमा जानकारी नभएका कारण एकदमै गाह्रो भयो । यसमा मैले प्रचारको अभाव देखेँ, जसकारण आफैँ लेखहरु लेख्न थालेँ, यसैक्रममा लेजर थेरापीले एकजना खुट्टा काट्नु पर्ने व्यक्तीले खुट्टा काट्नु नपरेको लेख पत्रपत्रिका छापिएपछि मानिसहरुले बिस्तारै यसको बारेमा थाहा पाएका हुन् ।
बिस्तारै मानिसहरुले आफु निको भएपछी अरुलाई बताउँदै गए र जनमानसमा यसले बिस्तारै आफ्नो स्थान बनाउँदै गए र मानिसहरुमा प्रभाव पर्दै गयो । यो निकै मै सजिलो उपचार पद्धति हो । दैनिक काममा कुनै पनि अवरोध नपुर्याइ दिनको केही समय छुट्टाएर लेजर बिकिरण लिएर जान सकिन्छ । त्यस्तै कुनैपनि उपचार विधिले काम नगरेको अवस्थामा यो विधि अपनाउन सकिन्छ किनभने यो एक प्रकारको फिजियो थेरापी अन्र्तगत नै पर्दछ र यो फिजियोथेरापीको सबैभन्दा पछिल्लो टेक्नोलोजीमा समेत पदर्छ ।
कुनै पनि असर बिना यो थेरापीबाट शरीरका विभिन्न ४०० भन्दा बढी रोगको उपचार गर्न सकिन्छ । वर्षौँसम्म पनि उपचार गर्दा ठीक नभएका रोगहरुको उपचार लेजर थेरापीले २० दिनमा ठीक गराएका धेरै उदाहरणहरु छन् । त्यस्तै यसको कुनैपनि नकरात्मक असर छैन र यो २०० प्रतिसत बढी प्रभावकारी रहेको छ । अन्य फिजियोथेरापीमा दुखेका अँगहरु चलाईदिने गर्दा बिरामीहरु जान मन्दैनन् तर यहाँ लेजर थेरापीमा घाऊलाई छुनैपर्दैन ।
यसले सिधा आफ्नो विकिरणको मद्दतले घाऊलाई सुकाएर दुखाई कम गराउँछ। हिँड्न नसक्ने अवस्थामा आएका बिरामी तीन–चार दिनमा हिँड्नसक्ने हुन्छन्, यसले कुनैपनि प्रकारको शारिरिक दुखाई निम्ताउदैन, रोग लिएर आएका ८० प्रतिशत बिरामीहरु उपचार पछि पूर्ण निको हुन्छन् ।