काठमाडौं । लायन्स क्लब अप काठमाडौं, ईन्द्र अन्नपुर्ण योगाको कार्यसमितिले अधिवेशन सम्पन्न गरेको छ ।
संस्थाको लायन विश्वम्भर मैनाली नियुक्त भएका छन् भने अन्य पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका थिए । लायन डा .सुवास कुमार घिमिरेले निर्वाचन समितिको संयोजक भइ उक्त निर्वाचन सम्पन्न गराएका थिए ।
संस्थाको १९ सदस्यीय कार्यसमिती निर्वाचित भएको छ । जसको अध्यक्षमा लायन विश्वम्भर मैनाली, उपाध्यक्षमा लायन साधुराम पौडेल,लायन ईन्द्र बहादुर न्यौपाने, र लायन उदय प्रसाद भण्डारी रहेका छन् । सचिवमा लायन अमृत आचार्य निर्वाचित भएका छन् । कार्यसमितीमा लायन सन्दिप सुवेदी ,लायन टिका कुमारी खड्का (अन्जना),लायन कृष्ण जंग थापा , लायन बाल नन्द खत्री , लायन लिला दाहाल ,लायन प्रतिमा ज्ञवाली ,लायन केशव राज शर्मा पौडेल,लायन उत्तम सुवेदी,लायन राजकुमार खरेल, लायन सुजन पोख्रेल ,लायन मंगला माया श्रेष्ठ , लायन अष्ट महर्जन ,लायन सपना खापुङ , लायन सरला महर्जन समेत रहेका छन् ।