काठमाडौं । तपाईँ साग कतिको खानु हुन्छ र तपाईँलाई कुन साग सबैभन्दा बढी मन पर्छ ? हुन त बजारमा वा तपाईँको करेसाबारीमा विभिन्न प्रजातीका सागहरु सजिलै पाउन सकिन्छ । हरियो सागपात मानव स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ ।
हरियो सागसब्जीमध्ये फर्सीको मुन्टामा अझ विशेष गुण हुन्छ । जुन मानव स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ । तर, फर्सीको पात वा मुन्टा खानाले हामी विभिन्न रोगबाट जोगिन सक्छौँ । फर्सीको पातको साग वा फर्सीको मुन्टा खानुको फाइदाबारे सबैलाई थाहा नहुन सक्छ।
फर्सीको साग विभिन्न पौष्टिक तत्वले भरिएको हुन्छ । फर्सीको मुन्टा भिटामिन ई, सी, ए, बी-६, पोेटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन, म्याग्नेशियम, आइरन, फाइबर, फस्फोरस जस्ता खनिज पदार्थको राम्रो स्रोत हो । मानव स्वास्थ्यलाई स्वस्थ राख्नको लागि शरीरमा यी सबै खनिज तथा पौष्टिक तत्वको आवश्यकता पर्दछ । फर्सीको मुन्टा खानुका फाइदा :
निन्द्रा नलाग्ने रोगमा पनि यसले फाइदा गर्छ ।
कब्जियत भएमा तथा टाउको दुखेमा पनि फाइदा गर्छ ।
फर्सीको बियाले शरीरमा भएको पत्थरी निकाल्छ ।
पायल्स र शरीरभित्र जलन हुँदा पनि फलदायी हुन्छ ।
रुखो कपाललाई नरम बनाउँछ ।
फर्सीका १०–१५ बियाँ नियमित खाँदा छाती पोलेको ठीक हुन्छ ।
फर्सीले कार्डियोभास्कुलर रोगहरूमा समेत फाइदा पुर्याउँछ भने तनावलाई समेत कम गर्न मद्दत गर्छ ।
कमलपित्त, क्षयरोग, बढी तिर्खा लाग्ने, कलेजोमा खटिरा जस्ता रोगलाई कम गर्न सहयोग पुर्याउछ ।
यसको बियाँमा पाइने म्याग्नेसियम, पोटासियम, जिन्कले शरीरलाई स्वस्थ, स्मरण शक्तिको विकास, हाडलाई बलियो बनाउन समेत मद्दत गर्छ ।