नेपालमा पछिल्लो समय मुख स्वास्थ्यबारेको सचेतना बढ्दै गएको छ । मुख स्वास्थ्यको हेरचाह तथा केही समस्या आएमा उपचारका लागि आउने बिरामीहरुको जमात बढेको देखिन्छ । चाबहिलस्थित ओम समाज डेन्टल हस्पिटलमा उपचारका लागि आउने बिरामीको चाप बढ्दो अवस्थामा रहेको छ।
पछिल्लो समयमा अस्पतालका गतिविधि, बिरामीको चाप,तथा ओम समाज डेन्टल हस्पिटलमा रहेका विभिन्न प्रविधीबारे उक्त अस्पालका निर्देशक डा.शुभाष घिमिरेसँग महिला स्वास्थ्यकी लक्ष्मी चौलागाईंले गरेको कुराकानी अंश
पछिल्लो समय अस्पतालका गतिविधीहरु कसरी सञ्चालन भइरहेका छन् ?
विश्वमै महामारीका रुपमा देखा परेको कोरोना भाइरस संक्रमण तथा यसलाई नियन्त्रण गर्न नेपालले पनि लामो समय लकडाउनको रणनीति लिएको थियो ।
त्यस समयमा ओम समाज डेन्टल हस्पिटलमा बिरामीको चाप कम भएपनि हालसम्म भने हामी पुरानै लयमा फर्किसकेका छौ । हस्पिटलमा दन्त सेवा लिन आउने बिरामी संख्याको आधारमा हामी पुरानै अवस्थामा लगभग आइसकेका छौं । ओम समाज डेन्टल अस्पतालमा दैनिक १०० देखी १५० जना सर्जरीको लागि आउने गर्छन् ।समंग्रमा भन्नुपर्दो दैनिक ४ सय देखी ५ सयको संख्यामा बिरामीहरुले यहाँबाट दन्त सेवा लिने गर्छन् ।
ओम समाज डेन्टल अस्पताल बिरामीको रोजाईमा किन पर्छ ?
सबै दन्त सेवा दिने ठाउँ विश्वसनीय छैनन् । हामीसँग स्वदेश तथा विदेशमा पाइने सम्पूर्ण दन्त सेवा तथा प्रविधिहरु उपलब्ध भएका कारणले पनि बिरामीको रोजाई ओम समाज परेको हो ।
अन्त कही कतै नपाइने सेवा हामीले उपलब्ध गराएका छौं । हामीसँग दन्त उपचारका लागि आवश्यक सम्पुर्ण जनशक्ति, प्रविधि तथा औजारहरु समेत उपलब्ध छन् । हामी कहाँ एउटै विधामा ४ देखी ५ जनासम्म डाक्टर उपलब्ध छन् । त्यसैले ओम समाज डेन्टल हस्पिटल स्वदेशी तथा विदेशी बिरामीहरुको रोजाइमा पर्छ । ओम समाजमा उपचारका लागि आएका बिरामीहरु दन्त सेवा लिनकै लागि भनेर विदेश धाउनुपर्ने अवस्था छैन ।
अस्पतालले प्रदान गर्ने सेवा कतिको महँगो छ ?
ओम समाज अस्पतालमा आएका बिरामीहरु पैसा अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्था छैन । हामीले प्रदान गर्ने सस्तो उपचारका कारण नै विदेशीहरु समेत ओम समाज डेन्टलमा उपचारका लागि आउने गरेका छन् ।
मुख स्वास्थ्यको मात्रै हेरचाह गर्न सकेको खण्डमा हामी ९० प्रतिशत अन्य रोगबाट बच्न सक्छौं । त्यसका लागि पैसा नभएका बिरामीहरुले समेत उपचार पाउनुपर्छ भन्ने मुख्य लक्ष्यका साथ हामीले काम गरिरहेका छौं । हामीले हाम्रो सेवालाई विस्तार गर्नका लागि विभिन्न शाखाको स्थापना गरी कम शुल्कमा नै स्तरीय सेवा प्रदान गर्दे आइरहेका छौं । सामान्य दन्त परीक्षणका लागि लागि आउने बिरामीले २५० रुपैयाँ खर्च गनुृपर्ने हुन्छ । २५ रुपैयाँको मेम्बरसिप कार्ड लिने बिरामीले सधैं त्यही कार्डबाट निशुल्क उपचार पाउँछन् ।
दन्त उपचारका लागि किन ओम समाज डेन्टल अस्पताल नै रोज्ने ?
ओम समाज डेन्टल अस्पतालले कम शुल्कमा नै उच्चतम् प्रविधिको प्रयोग गरी स्तरीय सेवा प्रदान गरिरहेको छ । हामी ८ वटै विशिष्टीकृत सेवाको माध्यमबाट बिरामीहरुलाई उपचार सेवा प्रदान गरिरहेका छौ ।
हामीले दाँतको सर्जरी,गिजाको समस्याको उपचार,दाँत झर्ने,लगायत विभिन्न ८ प्रकारका विशिष्टीकृत सेवा प्रदान गरिहेका छौं । ओम समाज डेन्टल अस्पतालमा कार्यरत्त जनशक्ति दक्ष छन् । साथै हामीले बिरामीमैत्री वातावरणमा उपचार प्रदान गर्दै आइरहेका हुनाले दन्त उपचारका लागि बिरामीहरुले ओम समाज डेन्टल नै रोज्नुपर्ने हुन्छ ।
न्यून शुल्कमा नै स्तरीय सेवा प्रदान गरेका कारण ओम समाज डेन्टल अस्पतालमा बिरामीको रोजाईमा परेको मेरो बुझाई छ । सामान्यदेखी जटिल प्रकारको प्रविधि हामीकहाँ उपलब्ध छन् । प्रविधि तथा जनशक्ति दुवै हिसाबमा ओम समाज डेन्टल अस्पताल अब्बल छ ।
अन्त्यमा मुख स्वास्थ्यलाई कसरी स्वस्थ राख्ने बताइदिनुस् न ?
नेपालीहरुमा दन्त स्वास्थ्यबारेको सचेतना केही बढ्रदै गएको भएपनि अझै पनि गाउँ घरका मानिसहरुले भने दन्त उपचारलाई खासै प्राथमिकता नराखेको पाइन्छ । दिनको दुई पटक ब्रस गर्ने, गुलियो खाएपछि सफा गर्ने गर्नुपर्छ। दाँत माझ्दा दाँत र गिजाको बीचमा ब्रस राखेर सफा गर्नुपर्छ। सुत्नुभन्दा अगाडि मनतातो पानीमा नुन राखेर कुल्ला गर्ने बानी मुख स्वास्थ्यको लागि सबैभन्दा राम्रो उपाय हो।
नुनपानीले मुख कुल्ला गर्नाले मुखमा लाग्ने धेरै रोग लाग्नबाट बचाउन सहयोग गर्छ। तर, यो सजिलो उपायलाई धेरैले बेवास्ता गरेको पाइन्छ।दाँत स्वस्थ बनाउनका लागि ६ महिनाको अन्तरमा दन्त रोग विशेषज्ञकोमा गएर जँचाउने, दाँत र गिजाको बीचमा रहेको फोहोर सफा गर्नुपर्छ। अर्को महत्वपूर्ण कुरा, दाँत जहिले पनि नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको विशेषज्ञ चिकित्सककोमा देखाउने गर्नुपर्छ।