-सन्तोप लम्साल
काठमाडौं - कोभिड १९ को दोस्रो लहर सुरु भए लगतै नेपालको धेरै जसो अस्पतालहरुमा संक्रमितको संख्या प्रत्येक दिन वढ्दै गैरहेको छ ।
विरामीहरुको सेवामा अनवरत खटिने स्वास्थ्यकर्मीहरु झन यो महामारीबाट अछुतो रहने कुरै भएन, केही अस्पतालहरुमा स्वास्थ्यकर्मी समुह नै प्रभावित भएर आपतकालिन सेवा वाहेक अन्य सेवा वन्द गर्नु पर्न अवस्था छ ।
यो माहमारीको प्रभाव र असर ढयाक्यै यति र यही भन्ने अनुमान गर्न गाह्रो छ । राजधानीका केहि शहरी जिल्लाहरुमा निषेधाय जारी भए संगै शहर छोड्नेहरुको भिड ले झनै समस्या थपेको छ । झजव राती वुढी ताती ञञ नेपालीहरुको बानिले गर्दा झनै अरुलाई पनि समस्यामा पारेको देखिन्छ ।
एउटा भनाई सार्थक हुन्छ !
झझभुकम्प आउदा गाँउ नै जानुपर्ने,
कोरोनाले सताउदा गाँउ नै जानुपर्न,
दशै,तिहार आँउदा गाउनै जानुपर्न,
त्यसो भए किन शहर आउन मरिहत्य गर्नु पर्यो१
अव हामी शहरमुखी भन्दा गाउँ मुखी भईदिदा हुन्न र ?
बर्तमान परिद्ष्यले आफुलाई वचाउनको लागी माग गर्दछ१आफुलाई बचाउनु भनेको तपाई बरीपरीको अरुको पनि जिवन बचाउनु हो ।
कोभिड१९ को डवल म्युटेन (वि.१.६१७) र ट्पिल म्युटेन (वि.१.६१८) ५० प्रतिशत र ६० प्रशित घातक हो । यसको मतलव यो छिटो फैलन्छ र यसले यसअघि को भाईरस ले भन्दा गम्भिर संका्रमक पैदा गर्दछ१ नेपालमा कोभिड १९ को दोह्रो लहरमा डुब्दै जाँदा पहिले भन्दा वढी युवा तथा वज्चाहरुलाई संक्रमण वढी पारेको अवस्था छ । यतिखेर र अहिेले को भिन्नता धेरै रहेको छ ।
आजसम्मको तथ्याग हेर्न हो भने विश्वमा 152,417194 संक्रमिक भएका छन् भने नेपालमा मात्र 3,36030 संक्रमित र 3,325 जनाको मृत्यु भईसकेको छ । नेपालमा पहिलाको तुलना वढी नै तिव्र गतिमा वढीरहेको पाईन्छ ।
समयमा नै यसमा ध्यान दिन नसकेको खण्डमा यसले छिमेकी राष्ट् भारत मा जस्तो बिकारलरुप लिन सक्दैन भन्न सकिन्न । तसर्थ समय मा नै सम्वधित निकायको ध्यान जान सकोस अहिलेको समयमा सर्वसाधरणहरुले कोरोनाको मापन वाहिर बसेर गरिहेको अवस्था छ ।
उनी हरुलाई कोरोना केही पनि होइन जस्तो लाग्न सक्दछ तर यसको वास्तविक रुप अस्पतालहरुमा देख्न सकिन्छ । अस्पतालमा वेड पाउने अवस्था छैन,वेडको लागी वेडमा वसेको मान्छे कति वेला मर्छ र वेड पाईन्छ,भन्ने अवस्था छ । तसथ अहिलेको अवस्था निकै नै भयावक छ । यसलाई सन्तुलनमा ल्याउने जिम्मा तपाई हामी कै हो१त्यसले सरकारले लागु गरेको मापदण्डको गरौ ! आफु पनि बचौं ,अरुलाई पनि बचाऔं !!
( मेडिकल मेडिकल असिस्टेंट सन्तोप लम्साल हेम्स अस्पातलमा कार्यरत छन् । )